अफगानिस्तानको राष्ट्रपति भवन नजिक बिस्फोट, ६५ जनाको ज्यान गयो

  • एजेन्सी ।

अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति भवनको नजिकै बम बिस्फोट हुँदा ६५ जनाको ज्यान गएको छ। 

घटनामा ३ सय ६५ गम्भीर घाइते भएका छन्। बिस्फोट निकै शक्तिशाली रहेको बताइएको छ। काबुल प्रहरी प्रवक्ता बशीर मुजाहिदका अनुसार बिस्फोट जर्मनी दूतावासको गेट नजिकै गराइएको थियो। यहाँ अन्य देशका दूतावाससहित महत्वपूर्ण कार्यालय पनि उपस्थित छन्। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले घटना लगत्तै ६७ जना घाइतेलाई अस्पताल भर्ना गराइएको बताएका छन्। घटनाका प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै पजवक न्युज एजेन्सीले लेखेको छ, बिस्फोट जर्मनी दूतावास र विदेशी शैन्य शिविर नजिकै भएको थियो।  विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन। 

२०७४ जेठ १७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...