एसिड प्रहारबाट गौशालामा एकको ज्यान गयो

  • महोत्तरी ।

मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको भएको छ । 

गौशाला नगरपालिका–१ का गोनर महतोको ६५ वर्षीया श्रीमती शीतलदेवी महतोको एसिड प्रहारबाट मृत्यु भएको हो । 

आफ्नै घरमा खुल्ला ठाउँमा सुतिरहेको अवस्थामा गएराति अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा वृद्धा महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

वृद्धा महतो मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

२०७४ असार १२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...