कम्युनिष्ट पार्टीले काठमाडौँमा गर्ने भयो गोर्खाल्याण्डको पक्षमा प्रदर्शन

  • काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीले दार्जिलिङमा भइरहेको गोर्खाल्याण्ड आन्दोलनको पक्षमा सोमबार काठमाडौँमा प्रदर्शन गर्दै छ ।

नेकपाले दार्जिलिङका जनताले गरेको आन्दोलनको समर्थनमा र भारतीय सरकारले जारी राखेको दमनको विरुद्धमा प्रदर्शन गर्न लागेको हो। 

नेकपाले सोमबार दिउसो १२ बजे रत्नपार्कको शान्तिबाटिकाबाट विरोध प्रदर्शन र्यालीसहित भारतीय दुतावास पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताएको छ ।

नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीले इमान्दार मिडियालाई टेलिफोनमा दिएको जानकारी अनुसार गोर्खाल्याण्ड आन्दोलनका क्रममा भारतीय प्रहरीले नेपालीभाषीहरुलाई ब्यापक दमन गरेको बिरोधमा प्रदर्शन गर्न लागिएको हो ।

२०७४ असार १२ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...