गोर्खाल्याण्डलाई सपोर्ट गरेको भन्दै पूर्वराष्ट्रपतिकी छोरी नेपालीहरुमाथि यसरी खनिइन



काठमाडौं ।

पूर्व राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवले दार्जलिङका नेपाली भाषा बोल्ने र नेपाली टोपी लगाउनेहरु नेपाली नभएको बताएकी छन् । 

उनले दार्जिलिङमा नेपाली भाषीले अान्दोलन गर्दा समर्थन गर्ने तर मधेसीले नेपालमा अधिकार माग्दा रडाको मच्चिने गरेको बताएकी छन् ।

अनिताले भनिन्, ‘भारतमा नेपाली भाषीले अधिकार, सम्मान र स्वाधिनताको बिषयलाई मूल मुद्धा बनाएर राष्ट्रमा आफ्नो पहिचानको लागी लड्दा नेपालीहरुको फेसबुकमा बढो जोडका तोडसँग समर्थन गरेको देखिन्छ तर मधेसीहरुले अधिकार, सम्मान र स्वाधिनताको बिषयलाई मुद्धा बनाउदा किन यत्रो रडाको हुन्छ यहाँ ?’

दार्जलिङमा नेपाली टोपी लगाउने र नेपाली भाषा बोल्नेहरु नेपाली भएको भन्दै यादवले भनिन् -‘दार्जलिङमा नेपाली बोल्ने व्यक्ति नेपाली नै होइनन्, उनीहरु आफु भारतीय भएकोमा गर्व गर्छन् ।’

नेपालको तराईबासी मधेशीले नेपाली बोल्न नजानेपानी, पहाडीमुलका मान्छेहरुको जस्तो नदेखिएपनि, उनीहरुले दौरा सुरुवाल टोपी नलगाएपनि नेपालीनै भएको तर यो सबैले महशुस गर्न नसकेको भन्दै यादवले मधेसीलाई हेर्ने सोँच नबलिएसम्म देशको विकास नहुने दाबी समेत गरेकी छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...