सिपाडोल क्षेत्र समाजमा कार्की

  • भक्तपुर ।
सूर्यबिनायक नगरपालिकाको वडा नं. ८ मा रहेको सिपाडोल क्षेत्र समाजको प्रथम अधिबेशन तथा दोस्रो साधारण सभाबाट प्रेम बहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यिय कार्य समिती चयन भएको छ । 

समाजको नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा बद्री भट्टराई, सचिवमा बोज ब थापा, सहसचिवमा मिना मास्के र कोषाध्यक्षमा हेम बहादुर सापकोटा रहेका छन् । 

त्यसैगरी सदस्यहरुमा कर्मश चन्द्र थापा, यदुनाथ भट्टराई, यबनकुमार राना , छिरिङ सेर्पा, चन्दिका खतिवडा रहेका छन् । 

कार्यक्रमको उदघाटन वडा नं. ८ को वडाअध्यक्ष किरण थापाले गरेका थिए । कार्यक्रम समाजका अध्यक्ष बालकृष्ण सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।a

प्रतिकृया दिनुहोस्

Loading...