भारतले गोर्खाल्याण्ड आन्दोलनका माग पुरा गर्नुपर्छ : कम्युनिष्ट नेता रणवीर


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम 'रणवीर' ले दार्जिलिङमा नेपाली भाषिहरुले गरेको गोर्खा ल्याण्ड आन्दोलनका माग पुरा गर्नुपर्ने धारणा राखेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गोर्खाल्याण्ड आन्दोलन जनताको न्यायिक आन्दोलन भएको भन्दै भारत सरकारले ती मागहरु पुरा गर्नुपर्ने धारणा राखेका हुन् ।

यस्तै नेता बमले काँगेस नेतृत्वमा 'संसदीय दलाल फासिवादी' सरकार गठन भएको समेत तर्क गरेकाछन् । उनले देउवा सरकार फासिवादी भएको भन्दै यसले जनतामाथि दमन र आतंक थोपर्नु स्वाभाविक रहेको बताएका छन् ।
'यो सरकार संसदीय दलाल फासिवादी सरकार हो र यसले जनतामाथि दमन र आतंक थोपर्नु स्वाभाविक छ ।' -उनले भनेका छन् ।

संसदीय व्यवस्थालाई मिठाइको संज्ञा दिदै नेता बमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त्यही मिठाइ खानमै भुलेको तर्क गरेका छन् ।


२०७४ जेठ २८ मा प्रकाशित ।





,

प्रतिकृया दिनुहोस्

Loading...