मनसरालाई क्यान्सर भएको पुष्टी, क्यामु थेरापी सुरु, एक हप्तापछि अप्रेशन

  • काठमाडौँ ।
साता दिनदेखि उपचार्रार्थ कान्ति बाल अस्पतालामा भर्ना गरिएकी बालिका मनसरा कामी लुहारलाई क्यान्सर भएको पुष्टी भएको छ ।

एक साता अघि आँखा विस्फोट भई सिकिस्त बिरामी परेकी रास्कोट नगरपालिका–७, कालिकोटकी चार बर्षीया बालिका मनसरा कामी (लुहार)लाई उपचारका लागी कान्ति बाल अस्पतालमा भर्ना गरिएको थियो ।

मनसरालाई क्यान्सर भएको पुष्टी भएपछि डाक्टर प्रकाश निधि तिवारीको प्रत्यक्ष निगरागिमा ३ दिनदेखि किमो दिइदै आएको छ ।

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष डम्बर रावलका अनुसार  किमो दिन थालिएको १० दिनपछि बालिकाको परेशन गरिने छ । 

आँखामा चोट लागी आर्थिक अभावका कारण समयमै उपचार नपाएर क्यान्सर भएकी बालिकालाई राज्यले कुनै सहयोग नगरी मुकदर्शक बनेको भन्दै अध्यक्ष रावलले आपत्ती जनाएका छन्।

अहिलेसम्म सरकारी निकाय बाहेक केहि सस्था र समाजसेवीहरुले व्यक्तिगतरुपमा बालिकाको उपचारका लागी आर्थिक सहयोग गरेका छन् ।

मनसराको उचारको न्युनतम अबधि ६ महिना लाग्ने भएकोले आर्थिक अभाव बढ्दै गइरहेको मनसरा संरक्षण अभियानका संयोजक समेत रहेका स्थानीय अगुवा कालीबहादुर महताराले समाजसेवी सबैलाई थप सहयोग गर्न अनुरोध गरेका छन्।

उनको उपचारका लागी सुरुदेखि निरन्तर लागिरहेका कम्युनिष्ट पार्टीका नेता भरत बमले मनरालाई बचाउन र उपचार पछि पनि आब्यस्यक रेखदेखको निम्ति सहयोग गर्न सबैलाई अनुरोध गरेका छन्।

यो पनि पनि पढ्नुस्
मनसरालाई सहयोग गर्न इच्छुकले यहाँ क्लिक गरी सहयोग गर्नुहोला

, , ,

प्रतिकृया दिनुहोस्

Loading...