छोरीसँग प्रेम गरेको झोँकमा युवकको गोप्य अंग काटियो !



इस्लामावाद । 

पाकिस्तानमा एक बाबुले आफ्नी छोरीसँग प्रेम गरेको आरोपमा किशोरको लिंग काटिदिएका छन् ।

स्थानीय १५ वर्षीय ती किशोरको लिंग काटिदिनुका साथै उनले आँखासमेत फुटाइएको छ । ती किशोर उनकी छोरीसँग प्रेम सम्बन्धमा थिए ।

लाहोरमा भएको सो घटनाका पीडितको उपचार स्थानीय अस्पतालमा जारी छ । ती किशोरका परिवारका अनुसार केटीका बाबु तीनजनासँग आएर उनका छोरालाई पिटी अपहरण गरेका थिए । उनीहरूले आफ्नो छोरालाई रावी नदीछेउ लगेर कुटपिट गरेका थिए ।

‘उनीहरूले मेरो छोराको लिंंग काटिदिए, आँखा फोडिदिए,’ पीडित किशोरका बाबुले भने । घटनालगत्तै सबै आरोपी फरार भएका थिए । उनलाई एक स्थानीयले उद्धार गरी अस्पतालमा भर्ना गराएका छन् ।

घाइते युवकले प्रहरी समक्ष आफ्नो उजुरी दर्ता गरेका छन् । पीडितको बयानका आधारमा प्रहरीले सबै आरोपीलाई पक्राउ गरेको छ । – एजेन्सी

प्रतिकृया दिनुहोस्

Loading...