राजाले भतिजलाई हटाएर छोरालाई युवराज घोषणा गरेपछि

  • साउदी । 
साउदी अरेबियाका राजाले भतिजलाई हटाएर आफ्ना छोरालाई युवराज घोषणा गरेका छन् । राजा सलमानले भतिज मोहम्मद बिन नायफलाई हटाएर आफ्ना छोरा मोहम्मद बिन सलमानलाई युवराज बनाएका हुन् ।

अब ३१ वर्षका युवराज मोहम्मद बिन सलमानले उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको रुपमा पनि जिम्मेवारी सम्हाल्नेछन् । ५७ वर्षका मोहम्मद बिन नायफलाई आन्तरिक सुरक्षा मामिला प्रमुख पदबाट पनि हटाइएको साउदी अरेबियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...