जमिनमा छरिएका थिए अरबौं नोटहरु तर...



एजेन्सी ।

एक समूहले रुसको सेन्ट पिटर्सबर्गको उजाड स्थानमा एक अर्ब रुबेल (रुसी मुद्रा) भेटेका छन् । 

अहिलेको विनिमय दरका अनुसार १८० करोड रुपैयाँ हुन्छ । तर यतिधेरै पैसाको खोजी गर्ने व्यक्तिहरुलाई भने पैसा भेटेकोमा कुनै खुसी छैन किनभने यो नोट अहिले कागज बराबर भएको छ । 

पूर्व सोभियत संघको पालाको यो नोट अब प्रचलनबाट बाहिरिसकेको छ । पैसा भेटिएको स्थान राजधानी मस्कोबाट १ सय ६० किलोमिटर टाढा, भ्लादिमीर क्षेत्रमा छ । यो एक पुरानो खानी हो जहाँ सोभियत संघका बेला मिसाइल राखिन्थ्यो । पैसा भेट्टाउने समूहले उक्त इलाकामा थुप्रै पैसा गाडिएको छ भन्ने खबर सुनेपछि यसको खोजबिनका लागि पुगेका थिए ।

के कतैबाट बगेर आएका थिए नोट ?

उक्त जानकारी सार्वजनिक हुनेबित्तिकै देशभरका मिडियामा चर्चा हुनथाल्यो । पुरातत्व विभागका अधिकारीले अनुसन्धानपश्चात् उक्त नोट सोभियत संघको पालाको बताए । ती नोटलाई सन् १९६१ देखि १९९१ का बिच जारी गरिएको थियो । यद्यपी, अब ती नोटको कुनै मूल्य छैन ।

केही विशेषज्ञका अनुसार यो नोट जुन स्थानमा भेटियो त्यहाँ कुनै बेला मिसाइल राखिने गरेको बताए । यद्यपी, अब उक्त स्थानको पहिचान खानीको रुपमा भएको छ ।

एक अनुमानका अनुसार केही वर्ष पहिले बाढी आएको थियो, त्यही बाढीमा नोट बगेर खानीसम्म पुगेको हुनसक्छ ।

स्थानीय मानिसका अनुसार जुन खानीमा नोट भेटिएको थियो त्यस वरिपरि कोहीपनि बस्ने हिम्मत गर्दैन । उक्त स्थानमा कुनैबेला सोभियत संघको ब्यालेस्टिक मिसाइल कार्यक्रम चल्दथ्यो जसका कारण पूरा क्षेत्र रेडिएशनबाट प्रभावित छ ।

एक अधिकारीका अनुसार सोभियतको पालामा सय रुबल तलबलाई पनि निकै राम्रो मानिन्थ्यो । त्यस्तो अवस्थामा पनि यति धेरै नोट कोसँग थियो र किन यसरी छोडियो भन्ने बारे कसैलाई पनि थाहा छैन ।

प्रतिकृया दिनुहोस्

Loading...