करणी आरोपमा जेल परेको बेला श्रीमतीको मृत्यु भएपछि यसरी गरियो दाहसंस्कार


पर्वत ।

जबरजस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मिठु दर्जीको रहस्यमय ज्यान भएको छ । पर्वतको जलजला गाउँपालिका–३ बस्दै आउनुभएकी दर्जी मृत अवस्थामा भेटिएकी हुन् ।

बुधबार बेलुका खाना खाएर सुत्नुभएकी दर्जी बिहीबार बिहान ८ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन् । दर्जीको ज्यान गएको खबर पाएपछि घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछाने नेतृत्वको टोलीले मृतक दर्जीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बेनीमा पठाएको छ ।

मृतक दर्जीका श्रीमान झारफुक गर्ने बहानामा बालिकामाथि दुव्र्यबहार गरेको आरोपमा गत वैशाख १४ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । आरोपित दमैले मृतक श्रीमती दर्जीको दाहसंस्कारमा जान पाउँ भन्ने आशयको निवेदन पेश गरेपछि पर्वत जिल्ला कारागारले प्रहरीको रोहबरमा उनलाई त्यहाँ पठाएको जिल्ला कारागारका जेलर प्रकाश पौडेलले जानकारी दिए ।

घटना के कारणले घटेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...