मानव गुप्तांगबारे अनौठो हल्ला, किन फैलियो यस्तो आतंक ?



काठमाडौं ।

मानव गुप्तांगलाई लिएर विश्वमा अनेक आतंक मच्चिएको उदाहरण छन् । 

१५ औं शताब्दीमा मध्ययुरोपमा पहिलोपटक आतंक फैलियो कि बोक्सीहरूले पुरुषको लिंग चोरेर चराचुरुंगीको गुँडमा लुकाउन थाले । 

सन् १४८६ मा जर्मन धर्माधिकारी हेन्रिख क्रामरले लेख नै लेखे, ‘बोक्सीहरू एकपटकमा २०–३० वटा पुरुष लिंग संकलन गर्छन् र चराको गुँडमा लुकाउँछन् । 

बोक्सी विद्या सफल भएपछि ती लिंग रुखमा झुन्डिन्छन् मात्र होइन, जीवित मान्छेसरह हिँडडुल गर्छन्, मानिसले जस्तै जौ, मकै खान थाल्छन् ।’ यसखालको हल्लाले एक समय त्यहाँका पुरुषमा ठूलै आतंक फैलिएको थियो तर पछि यो हल्ला आफैं सेलायो ।  जन आस्था साप्ताहिकमा खबर छ ।


प्रतिकृया दिनुहोस्

Loading...