नयाँ रेकर्ड कायम गर्दै सानै उमेरमा पहिलो समलिंगी प्रधानमन्त्री बन्न लागेका यी को हुन् ?

  • एजेन्सी ।
लियो भाराड्कार आयरल्याण्डका प्रधानमन्त्री बन्ने भएका छन् । ३८ बर्षिय भाराड्कार रिपब्लिक अफ आयरल्याण्डको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलको नेता चुनिएसँग देशको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो । 

६० प्रतिशत मत प्राप्त गरेका भाराड्करले प्रतिद्वन्द्वी हाउजिङ मन्त्री सिमोन कोभेनीलाई हराएका हुन् । भाराड्कर आयरल्याण्डको पहिलो समलिंगी (गे) प्रधानमन्त्री बन्ने छन । यस्तै उनी कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति पनि हुन् । भाराड्करले एक हप्ता भित्र पार्टीका नेता एन्डा केन्नीको ठाउँ लिनेछन । उनि आइरिस नर्स र डाक्टर भारतीमुलका डाक्टरका छोरा हुन ।उनका माता पिताले भारतमा काम गरेका थिए । 

भाराड्करको जन्म सन. १९७९ को जनवरी १८ मा डबलिनमा भएको थियो । उनका पिता अशोकले आइरिश मुलकी नर्स मरियमसँग विवाह गरेका थिए । भाराड्करको चुनावी अभियान उनको उमेर र समलैंगिकताका कारण अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बन्यो । 

आयरल्याण्डलाई युरोपको सबैभन्दा रुढिवादी देशको रुपमा लिने गरिएको छ । तर भाराड्कर रुढिवादी देशको उदारवादी अनुहार बन्न सफल भएका छन् । सन् १९९० को दशकसम्म समलैंगिकता र सम्बन्ध विच्छेद गैरकानुनी रहेको देशको उनि पहिलो समलिंगी प्रधानमन्त्र बन्न लागेका हुन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...