भरतपुर अपडेट : मतगणनाबारेको निर्णय आज हुदैँ, यस्तो छ पछिल्लो अवस्था..

  • काठमाडौं । 
चितवनको भरतपुर महानगरपालिकाको मतगणनाबारे शनिबार निर्णय हुने भएको छ । काठमाडौं बाहिर रहेकी आयुक्त इला शर्मा आएपछि बस्ने पाँचैजना आयुक्तको बैठकले मतगणनाबारे निर्णय गर्ने एक आयुक्तले उज्यालोलाई जानकारी दिए ।

शुक्रबार नै निर्णय गर्ने भनिएपनि आयुक्त शर्मा नभएकाले निर्णय हुन नसकेको उनले बताए । लामो समयसम्म निर्णय नहुँदा अनेको प्रश्न र आशंका भइरहेकाले पनि शनिबारको बैठकले यसबारेमा निर्णय गर्ने नाम उल्लेख गर्न नचाहने ती आयुक्तको भनाई छ ।

मतपत्र च्यातिएपछि मतगणना रोकिएको भरतपुरको वडा नम्बर ९ मा पुन मतदान गर्नुपर्ने काँग्रेस र माओवादी केन्द्रको माग छ भने एमालेले मतगणना गर्नुपर्ने माग गरेको छ । यसबारेमा छानविन गर्न आयोगले गठन गरेको समितिले स्थलगत अध्ययन गरिसकेको छ । छानविनका क्रममा ९० वटा मतपत्रमा क्षति पुगेको आयोगले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...