संसदमा प्रचण्डले ओलीलाई दिए कडा चुनौती (हेर्नुहोस् के–के भने ?)

  • काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई इमान भन्ने कुरालाई मुखले बोलेर भन्दा पनि व्यवहारमा स्थापित गरेर देखाउन चुनौती दिएका छन् । 

मंगलबार व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै ओलीले इमानको कुरा उठाएपछि त्यसको जवाफ दिदै प्रचण्डले एमाले र माओवादीबीच भएको सत्ता हस्तान्तरणको समझदारी पालना नभएको स्मरण गराए । 'इमानको मुखले भनेर भन्दा व्यवहारमा स्थापित गर्नुपर्छ ।’ - प्रचण्डले भने ।

यस्तै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको दबावमा राजीनामा नदिएको प्रष्ट पार्दै प्रचण्डले आफूले कसैको दबावमा नभई पूर्व समझदारी अनुसार राजीनामा दिएको बताए ।

संसदलाई सम्बोधन गर्दै के–के भने प्रम प्रचण्डले?

–मलाई संसदबाटै राजिनामा दिन मन थियो त्यो सम्भव नभएपछि जनतामा गएर राजिनामा दिएँ ।

–मेरो नेतृत्वको सरकारले छिमेकी मुलुकसँग सन्तुलित व्यवहारको सुरुवात गरे ।

–संविधानसभाबाटै संविधान बन्नुपर्छ भन्नेमा सवैभन्दा बढि चिन्तित माओवादी थियो । त्यसैअनुसार अगाडी बढ्यौ ।

–संविधान बनाउनकै लागि प्रतिपक्ष छाडेर राजनैतिक एकता र सहमतिको बातावरण बनाइयो, त्यहि कारण राजनीतिक शक्तिलाई एक ठाउमा आउन सहयोग गर्यो ।

–राष्ट्रिय एकताको महशुस गरेर नै संविधान जारी गर्न सकेका हौ । त्यो वेला केपी ओली र म दुवैले संबिधान गतिशिल दस्तावेज भनेर भनेका थियौ ।

–संविधानको स्वीकार्यता बढाउन मैले मधेसकेन्द्रीत दलका माग सम्बोधन गर्दै निर्वाचन गर्न सकिएला कि नसकिएला भनेर मेरो कार्यकालमा थियो । त्यसिह भएर सरकार गठनभएदेखि नै असन्तुष्ट पक्षलाई मनाउन आफ्नो भुमिका निभाउने प्रयास गरे र अहिले पनि जारी छ ।

–दोस्रो पटक ल्याइएको संसोधन विधेयक सवैले स्वीकार्न सक्ने गरी ल्याइएको छ । खुला दिलले छलफल गर्न अपिल गर्छु ।

–केपी ओलीले चुनावपछि संसोधनमा छलफल गर्न सकिन्छ भन्ने कुरा सकारात्मक हो तर त्यसका लागि चुनाव अघि न्युनतम सहमति गरौ ।
– मेरो गोरुको १२ टक्का कसैले नभनौ अनिमात्र राष्ट्रको नेतृत्व गर्न सकिन्छ ।
– धेरै अप्ठ्याराहरुसँग जुधेर स्थानीय तहको निार्वचन गरिछाड्ने प्रतिज्ञा गरेर सरकारले तयारी अगाडी बढायो । त्यसका लागि स्थानीय तहको पुनसंरचना पनि गरियो ।
–कांग्रेस र माओवादीबीच भएको सहमतिअनुसार नै मैले निर्वाचनको बीचमा राजिनामा दिएको हो ।
०००००
–कांग्रसले दवाव दिएर मैलै राजिनामा दिएको हैन ।

– पहिलो चरणको निर्वाचन सवै मिलेर गरौ भनेर देउवासँग कुरा गरेर म छोड्छु भनेको थिए । त्यसै कारण त्यो नैतिकता अनुसार नै मैले राजिनामा दिएको हो । एमालेसँग पनि सहमति भएको हो र सहमति तोडिएको थियो ।

– ओली नेतृत्वको सरकार पनि सरकारले बजेट ल्याउनुभन्दा अघि नै परिवर्तन हुने चर्चा चलेको थियो ।

समझदारी बन्ने र तोड्ने परम्पराको अन्तय हुनुपर्छ भनेर मैलै यो विचमा राजिनामा दिएको हो । यसले राजनीतिक संस्कारको विकास हुनेछ । मुखले बोलेर भन्दा व्यवहारले देखाउने हो ।

–सदन खोल्ने विषयमा प्रमुख दलहरुवीच समझदारी भयो, त्यहि समझदारी अनुसार बाँकी सवै निर्वाचन भयरहित गरौ यहि मेरो चाहाना हो ।

–निर्वाचन क्षेत्राधिकार मिचेर सदन किन सदन अवरोध गर्नुभयो मेरो प्रतिपक्षलाई प्रश्न छ ।
– महाअभियोगबारे तपाइहरुले जवाफ दिनुपर्छ यो तपाइहरुलेनै जवाफ दिनुपर्छ
–भरतपुरमा मतपत्र च्यातियो यो दुखद र गलत छ भनेर घटनापछि प्रमुख निर्वाचन आयुक्तलाई बोलाएर प्रश्ट भनेको छु ।
–दोस्रो संविधानसभाको परिणामप्रति केही साथिले प्रश्न उठाएपछि मतपत्र च्यात्नु र जलाउनुपर्छ भन्दा पनि हुन दिइन भन्ने कुरा सदनमा आज भन्न बाध्य भए ।
–भरतपरको १ वडाको विषय ल्याएर लोकतन्त्रप्रति नै प्रश्न उठाउन खोजियो सवैको प्रमाण पेश गर्न चाहान्छु । तपाईहरुलाई कति वर्ष लाग्यो लोकतान्त्रिक हुन ?
–यसरी जोखिमपुर्ण काम संघीय लोकतान्त्रिक गरेका छौ ।
–भरतपुर प्रकरणमा राष्ट्रपतिलाई पनि मैले भनेको थिए ।
– मैले देवी ज्ञवालीलाई मतान्तर हँुदा जितेपनि जित्यौ र हारे पनि जित्यौ भनेर भनेको थिए ।
– केपीजीलाई अरु के के छ भन्नुस् ।
– व्यक्तिगत रुपमा म तपाइको पक्षमा छु , तर विधि नियम कानुन छ । त्यसले नीति नियमअनुसार भएन भने अदालत त छँदैछ ।
–राजनीतिक रुपमा लाभ उठाउने हिसावले घटनालाई सामान्यीकरण नगरियोस ।
–निार्वचन उल्लासपुर्ण सवैको सहयोगमा भयो ।
–प्रतिपक्षलाई नसोधी चुनाव सारेको होइन,पटकपटक छलफल गरेकै हो ।
–सवैलाई चुनावमा सहभागि गराउन अझैपनि छलफल भइरहेको छ ।
–राजपालाई पनि निर्वाचनमा सहभागि गराउन नौ बाट १४ पुर्याइयो । तर, रमजानको अन्तिम दिन पर्छ भन्ने थाहा भएन । बरु मैले नै मुसलमानका साथिहरुलाई बोलाएर छलफल गरेर १४ गते पारिएको हो ।
–स्वीमिङ कस्टम र डुङगा चढेर भएपनि भोट हाल्न जाने हो । आर्थिक बृद्धि दर सम्मभव थिएन । फास्टटयाकको जस तपाइ लिनुस तर वाटो छिटो बनोस ।
–सकारात्मक कुरामा सवैले स्वामित्व ग्हरण गरौ । अझै पनि संक्रमणकाल अन्त्य भएको छैन त्यो महशुस गरौ । सवै दलकावीचमा न्युनतम सहमति गरौ । राष्ट्रिय सहमतिबाटै संक्रमणकाल टुङग्यौ ।
–१० महिनाको अनुभवले सवै दल एकजुट भए विकास सम्भव हुदोरहेछ । आर्थिक सम्बृद्धि पनि चमत्कारकै रुपमा गर्न सकिने रहेछ भन्ने अनुभव भयो ।

,

प्रतिकृया दिनुहोस्

Loading...