इतिहास ब्रेक गर्दै शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री बन्न सफल

  • काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री बनेका छन् । गणतान्त्रिक नेपालको उनी नवौ प्रधानमन्त्री हुन् ।

देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो । देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो

देउवा १२ वर्षपछि सत्तामा फर्किएका छन् । पछिल्लो पटक तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई राजा ज्ञानेन्द्रले २९ जेठ ०६१ मा प्रधानमन्त्री नियुक्त गरेका थिए । ८ महिनापछि १९ माघ ०६१ मा देउवालाई हटाएर ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेका थिए ।

माओवादी नेताहरुको टाउकाको मूल्य तोकेको १५ वर्षपछि देउवा प्रधानमन्त्री


राजनीतिमा नसोचेका घटना- परिघटना घट्छन्, दुश्मन-विरोधी स्थायी हुँदैनन्, राजनीति घटना फिल्मी शैलीमा विकास हुन्छन् भन्ने कुरा नेपाली राजनीतिमा विकास भएको पछिल्लो घटनाक्रमले एक पटक फेरि पुष्टि गरेका छ ।
अाजभन्दा ठिक १५ वर्ष पहिले नेपालीका काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुई ध्रुबमा थिए । तत्कालिन सत्ताको बागडोर देउवाले समालेका थिए भने माओवादी जनयुद्धको नेतृत्व प्रचण्डले । एकले अर्कालाई भौतिक रुपमै सिध्याउन चाहन्थे । दुबै नेताले सत्ता र सेनाको नेतृत्व गरेका थिए । देउवाले पुरानो सत्ताको र प्रचण्डले जनसत्ताको । देउवा र प्रचण्ड दुबैको अादेश पालन गर्ने सुरक्षाफौज पनि थियो ।

माओवादी र सरकारबीच भएको वार्ता २०५८ मंसिरमा भंग भएपछि देउवा सरकाले माओवादीलाई अातंककारी घोषणा गर्‍यो । आतंककारी तथा विध्वंशात्मक अपराध नियन्त्रण तथा सजाय अध्यादेश) मार्फत माओवादीलाई सिध्याउन देउवाले निकै प्रयास गरे । तर, यतिले नपुगेपछि २०५९ वैशाखमा माओवादी नेताहरूको टाउकाको मूल्य तोके ।

देउवाले प्रचण्ड-बाबुरामसहित वरिष्ठ नेताको ५० लाख, पोलिटब्युरो सदस्हयहरूको ३५ लाख र केन्द्रीय सदस्य तथा अन्य प्रभावशाली नेताहरूको २५ लाख मूल्य तोके । माओवादी नेताको टाउको ल्याउनेलाई झोला ल्याएर भरि पैसा लिएर जान अाम अाह्वान गरे । उद्पी उक्त कर्मले देउवालाई वर्षसम्म सिंहदरवार र बालुवाटारको ढोका बन्द गर्‍यो ।

त्यसैको बदला लिन मा‌ओवादीले देउवा प्रधानमन्त्रीबाट हटेपनि दुई पटक मार्ने प्रयास गरेको थियो । देउवा सवार गाडीलाई लक्षित गरेर कैलाली र डोटीमा तत्कालिन जनमुक्ति सेनाले एम्बुस गरेको थियो तर देउवालाई केही भएन ।

अाज टाउकाको मूल्य तोक्ने र तोकिमाग्ने, हत्या गर्ने उद्देश्यले एम्बुस गर्ने एक ठाउँमा उभिएका छन् । टाउकाको मूल्य ५० लाख तोकि पाएका प्रचण्डकै प्रस्तावमा देउवा फेरि सिंहदरवार प्रवेश गरेका छन् ।

२०७४ जेठ २३ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...