राजेन्द्र महतोले उपेन्द्र यादवमाथि आक्रमणको योजना बनाएपछि…

  • सर्लाही । 
केही दिनअघिमात्र उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु सँगै अान्दोलनमा थिए । स्थानीय तहको चुनावसँगै उनीहरु दुई किनारमा पुगे ।

उपेन्द्र यादव चुनावमा लागे भने सहकर्मीहरु चुनाव विथोल्न अामहड्तासहितका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरु एक अर्काविरुद्ध सार्वजनिक रुपमै विरोधमा उत्रेका छन् । जसरी चुनाव गर्नुपर्ने पक्षमा उपेन्द्र र जसरी पनि विफल पार्ने पक्षमा ठाकुर-महतोहरु ।

मधेसको सवालमा साझा कार्यक्रम बनाउनु पर्ने भन्दै अाएका मधेसी पार्टीहरुबीच नै अापसमा झडपमा हुने सम्भावन बढेको छ ।

सर्लाहीको मधुवन गोठमा अाइतबार संघीय समाजवादी फोरम नेपालले त्यहाँ अायोजना गरेको कार्यक्रमलाई राजपाले विथोल्न योजना बनायो ।

फोरम नेपालका अध्यक्ष यादवलाई अवरोध गर्ने प्रयास गरेका थिए । केही स्थानमा उनीहरुले कालो झन्डा समेत देखाए । यो घटनालाई फोरम नेपालले गम्भीर रुपमा लिएको छ । राजेन्द्र महतोले अध्यक्ष यादवमाथि अाक्रमण गर्ने योजना बनाएको समेत फोरम नेपालको आरोप छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...