राजधानीमै भत्कियो भवन, कैयौँ पुरिएको आशङ्का

  • नाइरोबी । 

केन्याको राजधानी नाइरोबीमा सोमबार राति एक सात तले भवन भत्किएर भएको दुर्घटनामा परी कैयौँ व्यक्ति पुरिएका उद्धार अधिकारीले जानकारी दिएका छन् । 

यस भवनमा बसोबास गरिरहेका कैयाैं व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ । तर पनि त्यहाँ व्यक्तिहरु हराइरहेका वा पुरिएर रहेका हुनसक्ने अनुमानका समाचार बाहिर आएका छन् । 

एकजना वरिष्ठ प्रहरी अधिकारीले जनाएअनुसार यस भवनमा १२१ व्यक्ति बासोबास गरिरहेका थिए । तर तीमध्ये कतिजनालाई उद्वार गरियो र कति पुरिएका छन् भन्ने बारेमा खोजी जारी रहेको छ । 

नाइरोबीको राष्ट्रिय प्रकोप व्वस्थापन इकाइका सञ्चार उपप्रमुख पिअस मसैले व्यक्तिहरु कैयौँको सङ्ख्यामा पुरिएको अनुमान गरिएकोले उद्धार प्रयास जारी रहेको राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

२०७४ जेठ ३० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...