धरान उपमहानगरमा प्रमुख तीन दलबीच नै भिडन्त..

- धरान ।
तीनवटै राजनीतिक दलले धरानको विकास–निर्माण, शान्ति सुरक्षा, सुकुम्बासी समस्या समाधान, सर्दु र सेउतीखोलाबाट बर्सेनि हुने कटान नियन्त्रण, शिक्षा, स्वास्थ्य र खानेपानीलाई चुनावी मुद्दा बनाएका छन् । योग्य, सक्षम र धरानका चुनौतीलाई चिर्न सक्ने उम्मेदवार खडा गर्नुपर्ने दलीय विवादका बीच काँग्रेसले पार्टीका धरान नगरसभापति तिलक राईलाई गत बुधबारमात्र नगरप्रमुखमा उठाएको औपचारिक घोषणा गरेपछि त्यहाँ चुनावी पारो तातेको छ ।
परिस्थितिको समीक्षा गरी लामो कसरत र रस्साकस्सीपछि दुई दिन अघिमात्र एमालेले धरान उपमहानगर विशेष कमिटीका अध्यक्ष तारा सुब्बालाई नगरप्रमुखमा उठाएको छ । माओवादी केन्द्रले अइन्द्रविक्रम बेघालाई उपमहानगरको नेतृत्वका लागि अघि सारे पनि अहिलेसम्म उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । काँग्रेसले श्यामा रेग्मी र एमालेले मञ्जु भण्डारीलाई उपप्रमुखका रुपमा उभ्याएको छ ।
वामपन्थीहरुको गढका रुपमा परिचित पूर्वाञ्चलको सुन्दर सहर धरानको नेतृत्व यसपटक प्रजातन्त्रवादी समूहले गर्ने दाबी काँग्रेसका समर्थकले गर्दै आएका छन् भने २०४६ सालयताका सबै निर्वाचनमा कहिल्यै नहारेका साम्यवादी दल आफ्नो विरासत कायम राखेरै छाड्ने दृढता व्यक्त गरिरहेका छन् ।
बीस वडामा विभक्त धरानमा जारी चुनावी प्रचारप्रसार र त्यसमा मतदाताको उत्साहजनक सहभागितालाई विश्लेषण गर्दा काँग्रेस, एमाले र माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
२०७४ जेठ ३० प्रकाशित ।
२०७४ जेठ ३० प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...