शैक्षिक माफियाविरुद्ध अनुसन्धान र एक्सनमा उत्रियो क्रान्तिकारी, यसरी समात्यो ठग गिरोह


  • नेपालगञ्ज ।
अवैध रुपमा टेक्नीकल कलेज संचालन गरेर विद्यार्थीलाई ठक्दै अाएको गिरोहलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको छ ।

बाँकेको कोहलपुरस्थित ‘शिवालय टेक्निकल कलेज’ का संचालक दिपेन कठायत र जनक वडुवाललाई सोमबार पक्राउ गरी प्रहरीलाई बुझाएको हो । उक्‍त कलेज अवैध रुपमा संचालन गरेको र सिटीइभिटीबाट सम्बन्ध नै लिएको प्राविधिक विषय अध्यननको लागि भन्दै विद्यार्थीबाट लाखौं रकम असुल गरेकोले संचालकलाई कब्जामा लिएर प्रहरीलाई बुझाएको अखिल क्रान्तिकारीले बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका भेरी क्षेत्रिय समन्वय समितिका संयोजक केबी मल्लले विज्ञप्ति जारी गरेर अवैधानिक रुपमा कलेज संचालन गरी विद्यार्थीलाई ठग्दै उनिहरुको भविश्यमाथि खेलबाड गरेकाले अाफूहरुले कारवाहीको लागि प्रहरीलाई बुझाएको बताएका छन् ।

संयोजक मल्लले विद्यार्थीबाट असुल गरेको सम्पूर्ण रकम फिर्ताको साथै कडा भन्दा कडा कारवाहीको माग समेत गरेका छन् । विद्‍यार्थीबाट असुल गरेको सम्पूर्ण रकम फिर्ताको साथै कारवाही सरकारले नगरे अाफूहरु प्रतिरोधात्मक कारवाही गर्न बाध्य हुने बताएका छन् ।

उक्त कलेज संचालक मध्येका दुई जना फरार छन् । उक्त गिरोहले अवैध रुपमा संचालन गरेको उक्त कलेजमा नर्सिङ, एचए,कम्प्युटरलगायतका प्राविधिक विषय पढाउने भन्दै विद्यार्थीबाट रकम असुल गर्दै अाएको थियो ।

उक्त कलेज संचालक मध्येका दुई जना फरार छन् । उक्त गिरोहले अवैध रुपमा संचालन गरेको उक्त कलेजमा नर्सिङ, एचए,कम्प्युटरलगायतका प्राविधिक विषय पढाउने भन्दै विद्यार्थीबाट रकम असुल गर्दै अाएको थियो ।





२०७४ जेठ २३ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...