अन्धो सिद्धान्त, सुविधा र स्वार्थको झगडाले राष्ट्रियताको दियो निभ्नेछ


अनिता यादब ।

दार्जीलिङ बसोबास गरी रहेका नेपाली मुलका भारतीय नागरिकले आफ्नो अधिकार, सम्मान र स्वाधिनताको बिषयलाई मूल मुद्धा बनाएर राष्ट्रमा आफ्नो पहिचानको लागी लड्दा नेपालीहरुको फेसबुकमा बढो जोड तोडका साथ समर्थन गरेको देखिन्छ तर मधेसीहरुले आफ्नो अधिकार, सम्मान र स्वाधिनताको मुद्धा बनाउदा किन यत्रो रडाको हुन्छ ?

दार्जीलिङमाएउटा नेपाली भाषीले नेपाली टोपी लगाएर नेपाली बोल्दैमा उसलाई नेपाली भन्न पछि पर्दैनौ जबकी दार्जलिंगको नेपाली बोल्ने व्यक्ति नेपाली नै हैन उसले आफु भारतीय भएकोमा गर्व गर्छ । आखिर मधेसमा सीमा मिचिए लड्ने त्यही मधेसी नै हो ।

हाम्रो तराईबासी मधेशी दाजुभाई नेपाली बोल्न नजानेपनी, पहाडीमुलका मान्छेहरुको जस्तो नदेखिएपनी, उनीहरुले दौरा सुरवाल टोपी नलगाए पनि नेपालीनै हुन् र सधैं नेपालको भलाई गर्छन भनेर किन सोच्न सक्दैनौ हामी ? 

जबसम्म हाम्रो सोच बदलिदैन तबसम्म हाम्रो देशमा बिकास हुदैन। जबसम्म हामी नेपाली मधेशीहरुलाई सम्मान गर्दैनौ तबसम्म हाम्रो मुलक अघी बढदैन । राष्ट्रियताको ढोंग पिटेर कतिन्जेलसम्म हामी दिशा बदलिरहने , देशलाई कहिले उत्तर, कहिले दक्षिण तिर फर्काउनेहरुको जमात बढ्दै छ । 

कूटनीति र व्यावहारिक राष्ट्रवादको सिद्धान्त अवलम्बन गरि देशलाई निकाश दिने बेला आएको छ । अन्धो सिद्धान्त, सुविधा र आफ्नो तुच्छ व्यक्तिगत स्वार्थका लागि गरिने झगडाले राष्ट्रियताको दियो निभ्नेछ ।

प्रतिकृया दिनुहोस्

Loading...