योगगुरु रामदेवको मोदीलाई कडा चेतावनी - नेपाली भाषीलाई तत्काल गोर्खाल्याड देऊ(भिडीयोसहित)



चितवन । 

प्रख्यात भारतिय योगगुरु रामदेवले सिक्किम लगायतका गोर्खाल्याड नेपाललाई नै फिर्ता दिन सुझाव दिएका छन् ।

उनले भारतीय सरकारले नेपाली भाषीलाई गोर्खाल्याड दिन र नेपालको स्वाधिनताको विरुद्ध कुनै कुरा नर्गन चेतावनी दिएका छन् ।

जतिबेला पनि देशक रक्षाका लागि लड्नेहरुलाई सरकारले अपमान गर्न नहुने भन्दै बाबा रामदेबले गोर्खाल्याडको माग एकदम सकारात्मक भएको बताएका छन् । उनले आफ्नो भिडियो मार्फत भारतमा बसोबास गर्ने नेपालीहरुलाई गोर्खाल्याड दिनुपर्ने बताएका छन् । 

‘भारतमा रहेका नेपालीभाषी पनि भारतीय नागरिक हुन्, भाषाकै अाधारमा बंगाल,तेलंगना राज्य हुन्छ भने गोर्खाल्याण्ड किन नहुने ?’ रामदेवले बंगाल सरकारलाई प्रश्न गरेका छन् ।

केही समयदेखि सुस्त बनेको गोर्खाल्याण्डको अान्दोलन चर्को रुपमा उठेको छ । अान्दोलनका कारण दार्जिलिङसहित पहाडी क्षेत्र समेत अशान्त बनेको छ । प्रहरीले अमानविय रुपमा नेपालीभाषी महिला-बालबालिकालाई कुटपिट र दुर्व्यवहारप्रति मानव अधिकारवादी संस्थाहरुले विरोध गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...