आउनुहोस् जनसत्ताको अभ्यास गरौ..



आस्था घिमिरे

देशमा स्थानिय निकायको चुनावी माहोल तातिएको छ । नेपाल कम्युनिष्ट पार्टीको चुनाव खारेजी अभियानको घोषणासँगै धेरैले आकलन गरेका थिए अब देशमा रक्तपात हुने छ । देश गृहयुद्धमा फस्न सक्नेछ । फेरी देशमा लासहरुका चाङ लाग्नेछन् । रगतको खोला बग्ने छ । हजारौ मानिस घाइते र वेपत्ता हुनेछन् । तर यो सब भएन । 

केही प्रतिनिधि मुलक साङ्केतिक विरोध मात्रै भयो । यसैलाई जीवन मरणको लडाई बनायन नेकपाले । गैरजिम्मेवार तरिकाले यदि नेकपाले गतिविधि गरेको हो भने केही दर्जन बमबाडी गर्नु । केही दर्जन मान्छेमार्नु । कयौ मानिसका हात खुट्टा भाच्नु । पाँच सात दर्जन सुरक्षा कर्मीलाई एम्बुसमा पार्नु ठूलो कुरो होइन । यस्ता त्रासदी दिनलाई नेपाली जनताले भोग्नु नपरोस् सबैको कामना थियो । 

अचम्म त के भयो भने नेकपाको कारणले यो चुनावमा एक थोपा पनि रगत बगेन । बरु प्रसासनकै तर्फबाट नेकपाका कार्यकर्तालाई गिरफ्तारी र धडपकट ग¥यो । जेल, हिरासत र यातानासम्मका गतिविधि भए । तर नेकपाले सांकेतिक विरोध मात्र ग¥यो । यसै सन्दर्भमा त्यसै पार्टीका महासचिव विप्लवको भनाई थियो ‘हाम्रो काधमा राष्ट्रिय दायित्व छ । देशलाई गृहयुद्धको चपेटाबाट बचाउनु छ । साम्राज्यवादको गिद्धेनजरबाट देश जोगाउनु छ । 

घरेलु दलाल तथा भ्रष्टहरुका मुठ्ठिबाट देशलाई मुक्त गर्नु छ । देश र जनताको रक्षा गर्नु छ । जुनसुकै पार्टी, निकाय र सत्ताका भएपनि देशभक्त, न्यायप्रेमी, परिवर्तन प्रेमी नेपालीहरुको सुरक्षा गर्नु हाम्रो पार्टीले आफ्नो दायित्व सम्झन्छ । त्यसैले पनि हाम्रीले शसस्त्र प्रतिरोध गरेनौ । पुरानो सत्ताको विकल्प वैज्ञानिक, व्यवहारिक तथा पुरानोसत्ता भन्दा समृद्ध खालको नयाँसत्ता अझैसम्म दिनसकेका छैनौ । सत्ताको घोषणा मात्रै गरेका छौ अभ्यास गरेका छैनौ । नयाँ सत्ताको विकल्प नपाउन्जेल जनताहरु पुरानै सत्तालाई स्वीकार गर्न बाध्य हुन्छन् । यसलाई हामीले स्वभाविक रुपमा बुझेका थियौँ । नेपाली जनता धेरै पटक धोका, षड्यन्त्र र झुटा आस्वासनहरुको सिकार भैसकेका छन् । 

नेपाली समाज झुटा राजनीति गर्ने पार्टीहरुको प्रयोगशाला र नेपाली जनता भ्रष्ट नेताहरुको निहित स्वार्थ पुरा गर्ने बलीका बोका बनिसकेका छन् धेरै पटक । नेपाली नजताको मनोभावनाको कदर गर्नु नेकपाले आफ्नो दायित्व सम्झियो । ’

साँच्चै वर्षौ देखि राजनीतिक अन्यौताको सिकार भएका नेपाली जनताले नयाँ चिजको आशा राख्नु स्वभाविक पनि थियो । स्थानिय निकायको चुनावबाट देशमा शान्ति, समृद्धी र विकासको ढोका खुल्ने कुरामा कतिपय नेपालीहरु आशावादी थिएनै । तर पनि हामीले दुःखका साथ भन्ने पर्ने हुन्छ । २०४७ सालमानै असफल भैसकेको यो संसदवादी बहुदलिय व्यवस्थाले न जनताको भलो गर्छ न देशको विकास र समृद्धिनै । यो व्यवस्था त एकाद भ्रष्ट मान्छे र त्यसका आसेपासेहरुको लुटी खाने भाडो मात्र हो । 

यो भ्रमबाट जनतालाई मुक्त गर्नु र नयाँसत्ताको विस्वसनिय उदाहरण दिनु यतिबेला हाम्रो पार्टीको दायित्व तथा चुनौति दुवै हो । संसदिय व्यवस्था असफल भैसकेको व्यवस्था हो भनेर जनताले राम्रोसँग महसुस गरिसकेका छन् । तर पनि हामिले पुरानो सत्ताको विकल्पको रुपमा नयाँ सत्तादिन नसकुनजेल पुरानो सत्तालाई स्वीकार्न बाध्यभएको यथार्थ हामीले राम्रैसँग बुझेका छौँ । अब पनि केही समय स्थानिय चुनावको धङ्धङी बाँकी रहला । तर चाँडै भ्रमको पर्दा च्यातिने छ । 

यो पञ्चायति कालो नित्कृष्ट व्यवस्था भन्दा पनि तल्लो स्तरको व्यस्था हो । यसले जनताको शोषण सिवाय केही गर्दैन । यसो भन्दैमा, पुरानो सत्तालाई गाली र आलोचना गर्दैमा अब हाम्रो पार्टीले पनि सुख पाउने वाला छैन । पुरानो सत्ता असफल हो भनेर सिद्ध गर्नको लागि हामीले सफल नयाँसत्ता चलाएर देखाउने साहस गर्नुपर्छ । यस्तो नयाँ सत्ताको अभ्यास गर्नुपर्छ जुन पुरानौ सत्ताभन्दा कयौगुणा समृद्धशाली होस् । स्रोत, साधनको निस्पक्ष बाडफाँड । कलम चलाउने देखि कुचो चलाउनेसम्मका कर्मप्रेमीहरुको वराबर सम्मान होस् । प्लेन चलाउने देखि रिक्सा चलाउनेसम्मका चालकहरुको वराबर महत्व र सम्मान पाउन् । 

कोदाली चलाउने र कम्युटर चलाउनेको जीवनशैली र सुविधा एकै खालको होस् । राष्ट्रप्रमुख र मजदुरले एकै खालको आत्मासम्मान पाओस् । कोही बेरोजगार बस्न नपरोस् । कोही भोकै नपरुन् । कसैको पनि उपचार नपाएर अकालमा ज्यान नजाओस् । समान शिक्षा पद्धति । समान अबसर । सबै नेपालीले दायित्व र समान अधिकार पाउन् । अब हामी यस्तो खालको जनसत्ताको अभ्यास गरेर देखाउनेछौँ । 

त्यहाँ भ्रष्टाचार र अनियमितता रहित समाज र सत्ता हुने छ । हामी अहिल्यै धेरै भौतिक विकासका ठूला ठूला सपनाहरु त बाड्दैनौ । किनकी हामी विद्रोहि पार्टी हौँ । हामीसँग केही समयसम्म सिमित बजेट र सिमित स्रोत साधनमात्र हुनसक्छ । तर यी सिमित स्रोत साधनको उच्चतम् प्रयोग गछौँ । हाम्रो सत्तामा कोही ठूलो कोही सानो हुँदैन । कसैले मोजमस्ती र विलासीताको जीवन विताउने कसैले चौविसै घण्टा काम गर्नुपर्ने हुँदैन । सबैले क्षमता अनुसारको काम पाउँछ । 

आराम र मनोरञ्जन गर्ने समय बराबर पाउँछ । नयाँ सत्तामा सबैले काम गर्नुपर्छ । कसैले पनि बसी खान पाउँदैन । सबैले खाने खाना स्वस्थकर र लगाउने कपडा सुरक्षित हुनेछन् । सबैले बराबर अवसर र बराबर क्षमताको प्रयोग गर्न पाउनेछन् । जब केही वर्षमानै हामीले नयाँसत्ताको अभ्यास गरेका नमुना गाउँहरु उच्च र समृद्धशाली विकसिश गाउँमा परिणत हुनेछन् त्यतिबेला मात्र सबैले विस्वास गर्नेछन् हामीलाई । सबैभन्दा राम्रो पढाई हुने नमुना विद्यालय, वैंकहरु, वित्तिय संस्थाहरु, सहकारी, सुरक्षाकर्मी, न्यायलयहरु, कलखारखाना जस्ता सत्तासञ्चालनको लागि आवस्यक पर्ने पूर्वाधारहरु हामीले सञ्चालन गर्नेछौँ । कोरा कल्पनामा मात्र होइन हाम्रो पार्टी यस्तो सत्ता सञ्चालनको तयारीमा निकट भविष्यमै लाग्ने छ । 

नेपाल कम्युनिष्ट पार्टी परम्परागत रुढीवादी पार्टीहरु भन्दा उच्च विचार भएको विद्रोही पार्टी हो । पन्द्र हजार नेपाली जनताको खोलो बगेर पनि मुक्तिको सपना पुरा हुन नसकेको दुःखदायि यथार्थ प्रतिछायाँ बनेर हामीलाई पछ्याई रहेको छ । हामी कम क्षेतिमा धेरै उपलब्दी हासिल गर्न चाहन्छौ । एक थोपा पनि रगत नबगाई क्रान्ति सम्पन्न गर्न चाहन्छौँ । तर यो सत्ता कोठोर बनेर आउँदै छ । 

हामी कठोर हुनै पर्छ । माओले भनेजस्तै क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनै पर्छ । क्रान्तिकारी पार्टी बिना, माक्र्सवादी, लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धत्ति अनुसार बनेको होस । पार्टी बिना, साम्राज्यवाद, तथा त्यसका दलालहरुलाई पराजित गर्न सकिन्न । युद्ध बिना समाज रुपान्तरणको कल्पना गर्नु भनेको कोरा आदर्श मात्र हो । 

प्रगतिमा तगारो हाल्ने युद्ध अन्यायपूर्ण युद्ध हुन् । हामी कम्युष्टिहरु त्यस्ता युद्धमा सक्रिय भएर भागनै लिन्छौँ जुन युद्ध न्यायपूर्ण होस् । त्यो युद्ध यस्तो विष नासक औषधी होस् जसले सत्रुको विषलाई मात्र होइन हामी भित्र रहेका फोहोर मैलालाई समेत पखालेर पार्टी र समाजलाई निरोगी पारोस् । 

मुक्ति र स्वतन्त्रता सहितको नयाँ नेपाल निर्माणमा हात मिलाउँ । करोडौ नेपाली जनताको सुन्दर जीवनको व्यवस्था मिलाउँ । संसार आफै बदलिदैन हामले बदल्नुपर्छ । सत्रु आफु खुसी नास भएर जाँदैन हामीले जित्नुपर्छ । त्यसैले सम्पूर्ण नेपाली जनतालाई नेपाल कम्युनिष्ट पार्टीले फेरी आग्रह गर्छ प्रतिक्रियावादीहरुको उधारो भ्रममा नपर्नोस् । आउनोस् जनसत्ताको अभ्यास गरौ ।

प्रतिकृया दिनुहोस्

Loading...