प्रमुख निर्वाचन आयुक्तमाथि एमालेले लगायो यस्तो गम्भीर आरोप, महाअभियोगको तयारी !

  • काठमाडौं ।
भरतपुरमा पुन: मतदान गर्ने निर्णय गरेपछि विपक्षी नेकपा एमालेले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवमाथि महाअभियोग दर्ताको तयारी गरेको खुलासा भएको छ । यसका लागि संसदहरुको हस्ताक्षर संकलन कार्यक्रम सकिएको समेत बताईएको छ ।

एमाले विशेष स्रोतले दिएको जानकारी अनुसार हस्ताक्षर संकलन कार्यक्रम लगभग सकिएको छ । 'प्रमुख निर्वाचन अधिकृतले सत्ता पक्षको चम्चागिरी गरे । यसको उनले ठूलो मूल्य चुकाउनुपर्छ ।' एमालेका एक नेताले भने । 

यता एमालेले भरतपुरको रोकिएको मतगणना तत्काल अघि बढाउन माग गर्दै आएको छ । सोही माग राखेर एमालेले व्यवस्थापिका–संसद बैठक अवरुद्ध गर्र्दै आएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...