एकाबिहानै आयो भरतपुर अपडेट : केपी ओलीले भने - रेणुलाई मेयरमा विजयी घोषणा गर्नुहोस् !

  • काठमाडौं ।
प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतगणना गराउने निर्वाचन आयोगको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग शनिबार कुरा गर्दै ओलीले पुनः मतदान गर्ने निर्णय गरेर आयोगले तमासा देखाएको आरोप लगाए । उनले आयोगको निर्णय अस्वीकार गर्ने स्पष्ट गर्दै आफ्नो पार्टी त्यसको कानुनी उपचारमा जाने उल्लेख गरे । ओलीले निर्वाचन आयोग सत्तापक्षका सामु लाचार देखिएको टिप्पणी गरे ।

उनले रेणु दाहाललाई भरतपुरको मेयरमा विजयी घोषणा गर्न चुनौती दिए । ‘निर्वाचन आयोग लाचार देखियो’, ओलीले भने, ‘पुनः मतदानजस्तो तमासा नगरी रेणु दाहालले जित्नुभयो भनेर घोषणा गरे हुन्छ ।’

ओलीले दोश्रो चरणको स्थानीय निर्वाचन नगरी उम्मेदवारी दर्तापछि सरकारले जसलाई भन्छ त्यसैलाई विजयी घोषणा गरेर देखाउन निर्वाचन आयोगलाई आग्रह गरे । काठमाडौं टुडेमा खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...