ऊर्जामन्त्री हुदाँ जनार्दन शर्माले 'राष्ट्रघात' गरेको बाबुरामको खुलासा...

  • कामठाडौँ । 

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सरकारले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिएर नेपाली र नेपाली जनताको चाहना विपरित कार्य गरेको खुलासा गरेका छन् ।

संयोजक भट्टराईले काठमाडौँमा विहीबार पत्रकार सम्मेलन नै गरेर सरकार छोड्नै लाग्दा सरकारले प्रतिस्पर्धा नगराएरै बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिएर राष्ट्रिय भावनामा ठेस पुर्याएको बताएका छन् । उनले राष्ट्रिय महत्वको विषयलाई सरकारले विनाप्रतिश्पर्धा सो कम्पनिलाई दिएर नेपालीहरुको आफै बिकास गर्ने चाहानामाथि कुठाराघात गरेको आरोप समेत लगाए ।

यसअघिको सरकारका ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले खराब नियतका साथ बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिएको बताउँदै संयोजक भट्टराईले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराको उल्टो भएको दाबी गरे । उनले गोरखा र धादिङका जनताहरू सेयर राख्न पाउने अधिकारबाट बञ्चित हुनुपर्ने आशङ्का पनि उब्जाउँदै बताए ।

संयोजक भट्टराईले संसदमा रहेका केही प्रमुख दल र नेताहरुको मिलेमतोमा भ्रष्टाचार गरेर राष्ट्रहित विपरित बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिएको भन्दै त्रुटी सच्याएर आयोजना नेपालीले नै बनाउनु पर्नेमा जोड दिए । उनले चिनियाँ ठेकेदार कम्पनीहरुले साना अायोजन त समयमै सम्पन्न गर्न सकेको अवस्थामा ठूला अायोजना पूरा गर्नेमा शंका गरेका छन् ।

तत्कालिन ऊर्जामन्त्री प्रभाकरले मन्त्रालयबाट बिदा भएकै दिन प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा बालुवाटारमा बुढीगण्डकी आयोजना चीनको गेजुवा कम्पनीसँग निर्माणको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भारतसँग विप्पा सम्झौता गरेको र विमानस्थल भारतलाई नै दिन खोजेको भन्दै चर्को विरोध भएको थियो । अाफूमाथि लागेको अारोप पखाल्न बाबुरामले यो अारोप लगाएका हुन् वा बुढीगण्डकीका राष्ट्रघात नै भएको छ भन्ने कुरा समयले देखाउला नै ।

,

प्रतिकृया दिनुहोस्

Loading...