श्रीलंकाले भारतलाई नराम्रोसँग हरायो



काठमाडौं । 

पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको भारत श्रीलंकासँग भने नराम्रो हार व्यहोरेको छ ।

च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले हराएको हो।
इंग्ल्याण्डको लण्डनमा गएराति भारतले दिएको ३ सय २२ रनको चुनौती श्रीलंकाले खेलमा ८ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गर्‍यो । 

श्रीलंकाको लागि कुशल मेन्डिसले सर्वाधिक ८९ रन जोड्दा धनुष्का गुनतिलकाले ७६ रनको योगदान दिए । यसैगरी एन्जेलो म्याथ्युजले अविजित ५२ रन तथा असेला गुनरत्नेले अविजित ३४ रन जोडे । कुशल परेराले रिटायर्ड हर्ट हुनुपूर्व ४७ रन जोडेका थिए ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २१ रन जोडेको थियो । भारतका शिखर धवनले १ सय २५ रनको शानदार ईनिङ खेल्दा रोहित शर्माले ७८ रन तथा महेन्द्र सिंह धोनीले ६३ रनको योगदान दिए । श्रीलंकाको यो जितसँगै समूह बी बाट सेमिफाईनल प्रवेशको सम्भावना निकै रोचक बनेको छ ।

समूहका सबै चार टोली भारत, दक्षिण अफ्रिका, श्रीलंका र पाकिस्तानको समान २-२ अंक भएको छ । अन्तिम खेलपछि जुनसुकै टोली सेमिफाईनलमा प्रवेश गर्न सक्नेछ ।

समूहको अन्तिम खेलमा भारत र दक्षिण अफ्रिका तथा पाकिस्तान र श्रीलंका भिड्नेछन् ।

प्रतिकृया दिनुहोस्

Loading...