भोटकै लागि मात्र घोराही पुगेर मुस्लिम बने यी माओवादी नेता, मुस्लिम समुदाय तिनछक्क !

  • काठमाडौं ।

पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता बर्षमान पुन ‘अनन्त’ मुस्लिम भेषमा दाङमा चुनावी सभालाई सम्बोधन गर्न पुगेका छन् । 

दाङको घोराही उपमहानगरपालिका १४ र १५ ले संयुक्त रुपमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्वोधन गर्न जाँदा मुस्लिम समुदायको मन जित्न उनले उक्त भेष बलदे । उनको भेष देखेर मुस्लिम समुदाय तिनछक्क पर्यो ।

त्यसपछि मुस्लिम बनेर निर्धक्कसँग मुस्लिम समुदायलाई भाषण दिदै भने -‘तपाइले राजधानी प्रदेश राजधानी बनाउनुपर्छ भन्ने दललाई जिताउनुहुन्छ वा प्रदेश राजधानी अन्यत्रै लैजाने मनशाय बोकेकका दललाई जिताउनुहुन्छ, यो दाङवासीका लागि जनमत संग्रहजस्तै बनेको छ।'

अरु दलले स्पष्टरुपमा प्रदेश राजधानी बुटवल लैजान खोजेको, केही दलले जहाँ गयो त्यही प्रदेश राजधानी बनाउनुपर्छ भन्ने गरेको उल्लेख गर्दै उनले माओवादीले भित्रैदेखि प्रदेश राजधानी दाङ बनाउनुपर्छ भन्ने चाहिरहेको बताए । त्यही भएर पार्टी प्रदेश कार्यालय दाङमा स्थापना गर्नेदेखि माओवादी नेतृत्वकै सरकारले प्रदेश राजधानी स्थापनालाई सहयोग पु¥याउन उच्च अदालत दाङमै स्थापना गरेको पनि उनले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...