नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, पुरिएर दुई प्रहरीको मृत्यु, दुई बेपत्ता

  • चितवन ।

नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना–६ तीनकिलोमा पहिरोले प्रहरी भ्यान र एउटा ट्रक बगाउँदा दुई जना प्रहरीको मृत्यु भएको छ भने दुई बेपत्ता भएका छन् ।

बिहीबार राति करिब साढे ९ बजेतिर खसको पहिरोले प्रहरी भ्यान र ट्रक बगाउँदा असई निश्चल तामाङ र प्रहरी जवान चालक निश्चल कुमार मास्केको मृत्यु भएको र प्रहरी जवान सन्दिप कार्की र लिलबहादुर चेपाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते ट्रक चालक रामकुमार लामा र सहचालक सिजन लामाको उद्धार गरी उपचारका लागि आबुखरेनी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिए । कालीखोला नजिकै गए राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ ।

प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता भएका छन् भने ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ । चालक सकुशल रहेका छन् । भ्यानसँगै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ बेपत्ता भएको थापाले बताए ।

त्रिशूली नदीमा ट्रकको केही भाग देखिएको छ । ट्रकका सहयोगी चालकलाई उद्धार गरी उपचारका लागि तनहुँ पठाइएको छ । चालक भने सकुशल रहेको थापाको भनाइ छ । 

रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी रहेको छ । सो सडकखण्डको कालीखोलाको मुखमा राति ९ः४० बजे पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । 

,

प्रतिकृया दिनुहोस्

Loading...