कांग्रेस - एमालेमा एकै पटक पहिरो : महासमिति सदस्यसहित ४ सय ५० बढी माओवादीमा प्रवेश

  • बेलौरी । 

कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र बेलौरी नगरपालिकामा तीनसय बढीले माओवादी केन्द्र प्रवेश गरेका छन् । बेलौरीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य जिउलाल चौधरीसहित ३ सय बढी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

यसैगरी सोही कार्यक्रममा डेढसय बढी कार्यकर्ताले एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेको रमेश भट्टले जनाएका छन् । नव प्रवेशीहरुलाई माओवादी नेतृ बिना मगरले अबीर र माला लगाएर पार्टी प्रवेश गराएकी थिइन ।

यसअघि पुनर्वास, लक्ष्मिपुर त्रिभुवन बस्ती, बेल्डाँडी, रामपुर, बाइसेबिचवा, कृष्णपुर लगायतका गाउँहरुबाट ५ सय बढी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । एमालेका प्रभावशाली नेता कँडेललगायत ठूलो संख्यामा एमालेबाट समेत माओवादी केन्द्रमा प्रवेश गरेको नेतृ मगरले बताईन ।

,

प्रतिकृया दिनुहोस्

Loading...