यी हुन् देउवा सरकारका गृहमन्त्री बन्न चाहाने ५ माओवादी नेता

  • काठमाडौं । 
भोली एमालेले संसद अबरोध गरेन भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहण लगभग निश्चित नै छ । उनको सत्तारोहणसँगै प्रमुख सत्ता साझेदारको भुमिका निर्बाहा गर्न लागेको माओवादी केन्द्रले गृहमन्त्रालय पाउने निश्चित नै छ ।

आफ्नो पार्टीले गृहमन्त्रालय पाउने भएपछि ५ माओवादी नेताले उक्त मन्त्रालयमा दावी राखेका छन् । माओवादी बिषेश श्रोतले सुचनाकेन्द्र डटकमलाई दिएको जानकारी अनुसार माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, टोप बहादुर रायमाझी र शक्ति बस्नेतको गृहमन्त्रालयमा आफुलाई पाउनुपर्ने सशक्त दावी गरेका छन् ।

५ नेताहरुमध्य शर्माले आफुले यसअघि नै दावी गरेको तर पार्टीले भनेको मानेर उर्जामा गएको बताउँदै पूर्व दावी र पार्टी नेतृत्वको बचनअनुसार नै आफुले पाउनुपर्ने बताउने गरेका छन् भने उनको पक्षमा उर्जा मन्त्रालयमा राम्रो काम गरेकाले जनमत समेत शर्माको पक्षमा रहेको छ ।

महराले भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफु पार्टीभित्र यहि कारणले विवाद सिर्जना गर्ने पक्षमा नरहेको बताएको उच्च स्रोत बताउँछ ।

२०७४ जेठ २२ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...