भरतपुर मतपत्र प्रकरणबारे सर्वोच्चले आज अन्तिम फैसला गर्दै

  • काठमाडौं ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदै छ । गत आइतबारसमय अभावका कारण सुनुवाई मंगलबारसम्मका लागि सारिएको थियो ।

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । उक्त मंगलबार आज कायम-मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा सुनुवाई हुने सर्वोच्चले जनाएको छ । 

वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरि मतगणना कार्य सुचारु गर्न गराउन परमादेशको माग गरिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...