कम्युनिष्ट पार्टीको राप्ती बन्दका कारण जनजीवन ठप्प

  • काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा भएको मंगलबारको राप्ती क्षेत्र बन्दको प्रभार प्रचुर मात्रामा परेको छ ।

राप्ती अञ्चलका दाङ, प्युठान, सल्यान, रोल्पा, रुकुमलगायत जिल्लामा यातायात, शिक्षण संस्था, कलकारखाना, बजार, उद्योग ठप्प छन् । बिहानैदेखि बन्दकर्ताले सडकमा अवरोध गरेर यातायात आवतजावतलाई रोक लगाएका छन् भने बन्द उल्लंघन गरेको आरोपमा आधा दर्जन सवारी साधनमा तोडफोड गरेका छन् ।

सहकर्मी जानकी दहितका अनुसार दाङको देउखुरीमा अटेर गरेको भन्दै मंगलबार बिहानै चारवटा गाडीमा बन्दकर्ताले तोडफोड गरिएको छ । दाङ र रोल्पाको जंगल क्षेत्रमा पर्ने सडकमा बन्दकर्ताले ‘दलाल सरकार मुर्दावाद, गिरफ्तार साथीहरु रिहा गर’ जस्ता नारा लगाइरहेका छन् ।

गिरफ्तार गरिएका पार्टीका नेता तथा कार्यकर्तालाई लगाएको झुठा मुद्दा फिर्ता गर्न उनीहरुले माग गरेका छन् । रिहा नगरेसम्म संघर्षका कार्यक्रमहरु निरन्तर चलाउने पनि उनीहरुको भनाई छ ।

सरकारले बैठक बसिरहेका बेला गत हप्ता प्यूठानको तिरामबाट केन्द्रीय सदस्यद्वय केशबहादुर बाठा ‘सुवास’ र चन्द्रबहादुर खड्का ‘असल’, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, प्यूठान जिल्ला सदस्य दधिराम सुवेदीसहित १२ जनालाई बिनाकारण गिरफ्तार गरेको थियो । चन्दलाइ तारेखमा छाडिए पनि ११ जनालाई १० दिनको म्याद थपेर थुनामा राखिएको छ ।

गैरन्यायिक रुपमा थुनामा राखिएको र सबैलाई प्यूठान प्रहरीले झुठा मुद्दा लगाउने प्रयास गरिएकाे भन्दै सबैलाइ बिना सर्त रिहाईको माग गर्दै नेकपा राप्ती ब्यूरोले बन्दको घोषणा गरेको हो । आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित मंगलबार राप्ती बन्द गरिएको जानकारी ब्यूरो इन्चार्ज शितलले जानकारी दिएका थिए । बन्दकर्ताको मागबारे सरकारले अहिलेसम्म कुनै प्रकारको चासाे देखाएको छैन ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...