कम्युनिष्ट पार्टीका डोटी इन्चार्ज बीपीनगरबाट गिरफ्तार


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला इन्चार्ज विवेक कुमाललाई प्रहरीले गिरफ्तार गरेको छ । 

कैलालीको चुरे गाउँपालिकाको वडा नम्बर १ किम्तोला बिपिनगर क्षेत्रबाट कुमाललाई बिपिनगर प्रहरी चौकीले शुक्रबार दिउसो गिरफ्तार गरेको हो ।

शान्ति सुरक्षालाई मध्यनजर गर्दै नियन्त्रणमा लिएको र उनी माथी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी शिबबहादुर सिंहले जानकारी दिएका छन ।

पार्टीको कामका सिलसिलामा हिडीरहेको अवस्थामा बिना कारण आफ्ना इन्चार्जलाई पक्राउ गरेको भन्दै सेक्रेटरी निलमले रिहाइको माग गरेका छन् । उनले आफ्ना नेता बिनासर्त तत्काल रिहा नगरे परिणाम गम्भीर हुने चेतावनी दिएका छन् ।

२०७४ असार ९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...