काठमाडौंका मेयर-उपमेयरको यस्तो चर्तिकला - ९८ हजारको सामसुङ ग्यालेक्सीमा झल्कियो 'नियत'

  • काठमाडौं ।
हामी सबैलाई थाहा भइसकेको छ, 'काठमाडौँ महानगरपालिकाका मेयर–उपमेयरले आफ्नै लागि मोवाइल किन्ने निर्णय गरेका छन् ।' कतिले यो निर्णय सुनेर अचम्म मान्नु भो होला । 

कतिलाई दुख लाग्यो होला । कतिलाई हाँसोपनि उठ्यो होला । कतिलाई रिस नै उठ्यो होला । तर अचम्म नमान्नुहोस् ! मेयरले मोबाइल किन्ने निर्णय गर्नुभन्दापनि त्यस्ता सोच भएकाहरुलाई प्रतिनिधि बनाउनु हाम्रो गल्ती भएको हो भनेर बुझ्नुपर्छ । 

धुलाम्य-हिलाम्य र महंगी-कलोबजारीको मारमा परेका राजधानीबासीको समस्या भन्दा महंगा मोवाइल बोक्ने रहर जनप्रतिनिधिका लागि ठूलो भएको छ । मंगलबार बसेको बैठकबाट जनताबाट उठाइएको करबाटै महंगा मोबाइल किन्ने निर्णय जनप्रतिनिधिहरुले गरे ।

बैठकले मेयर उपमेयरलाई ९८ हजार ९ सय पर्ने सामसुङको (Galaxy S8+) मोवाइल खरिद गर्ने र बिल बमोजिम फोन खर्च समेत पाउनेछन् । त्यस्तै वडा अध्यक्ष र सदस्यहरुलाई भने ३० हजार पर्ने मोबाइल खरिद गर्ने निर्णय गरेको छ । त्यसैगरी नगर कार्यपालिका सदस्यहरुलाई मासिक २५ टेलिफोन खर्च वितरण गर्ने निर्णय समेत गरेको छ ।

विना कार्यविधि अाफ्नो लागि अाफै भटाभट सेवा-सुविधा बड्न थालेपछि नगरबासीलाई निरास बनाएको छ । यसले दुधको साँची विरालोलाई राखेजस्तै हुने भएको छ । जनप्रतिनिधिको यो अाफू खुशी निर्णयले जनताको भन्दा अाफ्नै सेवा गर्ने पूरानो रोग गणतन्त्र र संघीयतामा पनि फर्कने चिन्ता सर्वासधारणलाई लाग्न थालेको छ ।

देशको राजधानीको महानगरपालिकाका जनप्रतिनिधिको यो निर्णयको अन्य ठाउँमा सिके भने अवश्य हुनेछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...