दार्जिलिङबासी माथिको दमन विरुद्ध काठमाडौँमा प्रदर्शन, भारतीय दूतावास घेराउ (भिडियोसहित)

  • काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीले दार्जिलिङका जनतामाथि पश्चिम बंगाल सरकारले गोर्खाल्याण्ड आन्दोलनका क्रममा गरेको सैन्य दमन रोक्न र उनीहरुको माग पूरा गर्न माग गर्दै काठमाडौँमा बिशाल प्रदर्शन गरेको छ । 

कम्युनिष्ट पार्टीले शान्तिबाटिकाबाट सुरु गरेको प्रदर्शन नेपालको लागि भारतीय राजदूतावास अगाडी पुगेर सभामा परिणत भएको थियो । कोणसभामा बोल्ने बक्ताहरुले दार्जिलिङका नेपालीभाषीमाथिको दमन तुरुन्त राेक्न भारतीय शासकलाई चेतावनी दिएका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’को नेतृत्वमा गएको टोलीले लैनचौंरस्थित भारतीय दूतावासका अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । 

दार्जिलिङवासीमाथिको दमन भारतीय साम्राज्यवादी शासकको साम्प्रदायिक दंगा फैलाउने र साम्राज्यवादी दलाल सत्ता खडा गर्ने योजनामा भएको कम्युनिष्ट पार्टीको भनाई छ । 

ज्ञापनपत्र बुझाएर फर्केपछि सभालाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टीका नेता बास्तोलाले दार्जिलिङवासीले उठाएको भाषिक अधिकारको संघर्ष न्यायोचित भएको र त्यसमा नेपालीहरुले आन्दोलनको पक्षमा उभिँदा गलत नहुने बताए । 

मौलिक अधिकारीमाथि शासक वर्गले दमन गरेर नागरिक हत्या गर्दा समेत नेपला सरकार मौन बस्नु साम्राज्यवादी भारतीय शासक वर्गको दलाली र गुलामी गर्नुबाहेक अन्य केही नभएको नेता वास्तोलाले प्रष्ट पारे ।

दार्जिलिङवासीमाथि गरिएको दमनले नेपालका जातीय विविधता र साम्प्रदायिक सद्भावमा खलल पुर्याउने खतरा बढेको बताउँदै हरेक समूदायलाई आफ्नो भाषा र सँस्कृतिमा जीवन बिताउनु पाउने अधिकार भएको बताए । 

दार्जिलिङवासीले उठाएको न्यायोचित आन्दोलनप्रति भारतीय केन्द्रीय सरकार मुकदर्शक बनेर दमनकारीको मनोबल बढाएको औल्याउँदै विश्वका सबै न्यायप्रेमी समूदायले दार्जिलिङवासीको आन्दोलनको पक्षमा उभिनुपर्नेमा जोड दिए ।

त्यस्तै सभालाई सम्बोधन गर्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले पश्चिम बंगाल सरकारले दार्जिलिङका नागरिकले उठाएको भाषिक मागलाई बन्दुकले कुल्चने कोशिस गरेर अपराध गरेको बताए । 

दार्जिलिङवासीको हत्या र उनीहरुमाथि निरन्तर गरिरहेको सैन्य दमनको घोर भत्सर्ना गरे । आन्दोलनकारीको माग तत्काल पूरा गर्न पनि सुवेदीले पश्चिम बंगाल सरकारसँग आग्रह गर्दै सामान्य मूल्यमा आन्दोलनलाई नसाट्न पनि आन्दोलनकारीसँग अपिल गरे ।

विरोध जुलुसमा सयौंको सख्यामा नेपालीहरुले सहभागिता जनाएका छन् । सहभागीहरुले दार्जिलिङका नेपाली भाषीमाथिको बर्बर दमन र हत्याको विरोधमा चर्का नाराहरु लगाउँदै आन्दोलनकारीको माग तत्काल सम्बोधन गर्न भारतीय सरकारसँग आग्रह गरेका थिए । 

हेर्नुहोस् फोटो फिचर र भिडियोहरु






, , , ,

प्रतिकृया दिनुहोस्

Loading...