उम्मेदवारको घरमा शक्तिशाली बम भेटिएपछि बाजुरामा लाग्यो कर्फ्यु



बाजुरा । 

स्थानीय प्रशासनले बाजुरामा कर्फ्यु लगाएको छ । जिल्लाको बुढीनन्दा गाउँपालिकाको कोल्टी क्षेत्रमा सोमबार साँझबाट अर्को सूचना नअाएसम्का लागि कर्फ्यु जारी गरिएको हो ।

नेपाली काँग्रेसका उम्मेदवार पदम गिरीको घरमा शक्तिशाली बम फेला परेपछि स्थानीय प्रशासनले सो क्षेत्रमा कर्फ्यु जारी गरेको हो ।

विहान पाँच बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यु जारी गरेको बताइएको छ । विवादित छविका गिरी ठेकेदार समेत हुन् । उनले कामदारको ज्याला नतिरेको तर चुनावमा मतदातालाई पैसा बाँड्न थालेपछि पीडित विरोधमा उत्रेका थिए ।

बम सेनाको टोलीले डिस्पोज गरेको छ । बम कसले राखेको हो भन्ने केही खुलेको छैन । कामदारको पारिश्रमिक दिन नेपाल कम्युनिस्ट पार्टीले दवाव दिँदै अाएको थियो ।

प्रतिकृया दिनुहोस्

Loading...