एनएमबि बैंकले दिने भयो एक करोडसम्म शैक्षिक कर्जा, आबेदन दिएको पाँच दिनमै पाइने

  • काठमाडौं।
स्वदेश वा विदेशमा अध्ययनका गर्ने विद्यार्थीलार्इ लक्षित गर्दै एनएमबि बैंकले शैक्षिक कर्जा ल्याएको छ। 

बैंकले एक करोडसम्म शैक्षिक कर्जा दिनेछ।स्वदेशमा चिकित्साशास्त्र इन्जिनियरिङ लगायतका अध्ययनका लागि यो शैक्षिक कर्जा सहयोगी हुनेछ।

यो वाहेक विदेशमा अध्ययनका लागि जाने विद्यार्थीका लागि समेत उपयोगी हुनेछ। १० वर्षको समयाअवधि रहेको यो कर्जा आवेदन दिएको पाँच दिनमै दिने बैंकले जनाएको छ।

शिक्षामा आत्मनिर्भरता भन्ने नारासहित यो कर्जाले आर्थिक समस्या समाधान गर्ने भरपर्दो वित्तिय सेवाका रुपमा स्थापित हुने बैंकको दाबी छ।

प्रतिकृया दिनुहोस्

Loading...