विवाह गरे हृदयघातबाट बचिन्छ, यस्ता छन् कारणहरु


विवाह तपाईको स्वास्थ्यका लागि लाभदायी हुने गर्दछ । शोधकर्ताहरुका अनुसार यदि तपाई हाई कोलेस्ट्रोल जस्ता कारणले हृदयघातको खतरामा हुनुहुन्छ भने विवाहका कारण तपाईको जिवित रहने सम्भावना बढ्नेछ ।

बेलायतमा करिब दश लाख वयस्कमा गरिएको अध्ययनको आधारमा शोधकर्ताहरुले एक जना प्रेम गर्ने पार्टनरले तपाईलाई आफ्नो हेरविचार राम्रोसँग गर्न प्रेरित गर्न सक्ने बताएका छन् । 

शोधमा संलग्न सबैमा हाई ब्लड प्रेसर, कोलेस्ट्रोल या डाइबिटिजको समस्या थियो । तर, त्यसमध्ये एकलको तुलनामा वैवाहिक जीवनमा रहेकाहरुको स्वास्थ्य राम्रो थियो । 

शोधमा संलग्न एस्टन मेडिकल स्कुलका चिकित्सक पाल कार्टर र उनका सहकर्मीहरुका अनुसार विवाहले हृदयघात हुँदा ज्यान बच्ने आशा बढ्ने गर्दछ । 

ब्रिटिश कार्डियोभैस्क्युलर सोसाइटीले यो शोधको कारण पनि बताएको छ । शोधकर्ताहरुको अनुमान अनुसार मुटु रोगका लागि जिम्मेवार कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता जोखिमको स्थितिमा यदि विरामी वैवाहिक जीवनमा छ भने उसले कम रिस्क उठाउनुपर्ने हुन्छ । 

अध्ययनमा मुटु रोगबाट मृत्युका साथसाथै हरप्रकारको रोगबाट हुने मृत्यु पनि संलग्न गराइएको थियो । शोधको नतिजामा हाई कोलेस्ट्रोल भएका ५०, ६० र ७० वर्ष उमेर समूहका महिला र पुरुषमा विवाहित भए बच्ने सम्भावना १६ प्रतिशत बढी हुने गर्दछ ।

यस्तै अवस्था मधुमेह र उच्च रक्तचापका विरामीको हकमा पनि लागु हुने गरेको पाइएको छ । 

यद्यपि सक्रिय यौन जीवन, एकअर्कासँग अलग रहेका श्रीमान श्रीमती, सम्बन्ध विच्छेद भएका व्यक्तिमा भने यो स्थिति स्पष्ट छैन । यसका साथै शोधकर्ताहरुले विवाहित जोडीहरु साँच्चिकै खुसियालीपूर्वक जीवन बाँचिरहेका छन् कि छैनन् भन्ने कुरासमेत अध्ययन गरेका थिए । 

उनीहरुका अनुसार मात्र विवाहित हुनुको साटो व्यक्तिको जीवनमा कुनै विशेष व्यक्तिको उपस्थिति हुनुले पनि फरक पर्दछ । 

शोधमा संलग्न डाक्टर कार्टन भन्छन्–हामलिे मुटु रोगका कारणहरुमा अलि अध्ययन गर्नुपर्नेछ । तर, शोधमा यो कुरा पनि देखिएको छ कि विवाहित जीवनले केबल मुटु रोगको अवस्थामा मात्र होइन, जसमा यसको जोखिम बढी छ उनीहरुमा पनि सहयोगीसिद्ध हुनेछ । 

तैपनि हामी यो भनिरहेका छैनौ कि हरेक व्यक्तिले विवाह गर्नैपर्छ । हामीले विवाहको सकारात्मक प्रभाव बुझ्नु जरुरी भने छ । 

मुटु रोगका कारणहरुः 

धुम्रपान, उच्च रक्तचाप, हाई ब्लड, कोलेस्ट्रोल, डायबिटिज, मोटोपन वा बढी तौल,  व्यायम नगर्नु, परिवारमा मुटु रोगी हुनु, उमेरका साथसाथै पनि मुटु रोग बढ्ने गर्दछ । 
एजेन्सी

प्रतिकृया दिनुहोस्

Loading...