कञ्चनपुर : जिप्रका छेउमै रहेको मतदान केन्द्रमा बम विस्फोट, मतदाताको भागाभाग

  • कंचनपुर ।

कंचनपुरको सदरमुकाम भीमदत्तनगरनगरको बीच बजारमा रहेको एक मतदान केन्द्रमा शक्तिशाली बम विस्फोट भएको छ । 

जिल्ला प्रहरी कार्यालय कंचनपुर भन्दा करिब १०० मिटरको दूरीमा रहेको भृकुटी उच्चमावि मतदान केन्द्रमा बुधबार बिहानै मतदाता भोट हाल्न लाइनमा बसेको बेला अज्ञात समूहले बम विस्फोट गराएको हो । 

विस्फोटपछि मतदाताको भागाभाग भएको छ । कयौं मतदाताहरु घर फर्केका छन् । विस्फोट कसले र किन गरायो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

२०७४ असार १४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...