कोटहीको निर्वाचन १६ गतेसम्मका लागि स्थगित, यस्तो छ कारण


रुपन्देही। 

रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ को निर्वाचन १६ गतेसम्मका लागि स्थगित गरिएको छ । 

उम्मेदवारको निधन भएपछि १६ गते मतदान गर्नेगरी सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिए । 

नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यको मनोनयन दर्ता गराएका मुरली मल्लाहाको शनिबार निधन भएको थियो । दम रोगबाट ग्रसित मल्लाहाको उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीका अन्य स्थानमा भने आज नै मतदान हुँदैछ । 

जिल्लामा चार लाख ६२ हजार मतदाता रहेका छन् भने उम्मेदवार चार हजार ४२४ जना रहेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...