पोखरा लेखनाथमा बस दुर्घटना, २ जनाको अवस्था गम्भीर


आश तमु, पोखरा ।

स्याङ्जाबाट पोखरा आउदै गरेको गरेको बस पोखरा लेखनाथ २१ नाउडिमा दुर्घटना हुदा २६ जना घाइते भएका छन। भने २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

ना ४ ख ४३९७ नम्बरको बसमा क्षमता भन्दा बढी यात्रु रहेकोले अनियन्त्रित भई पल्टिएको एक यात्रुले बताए। 

अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरुको पोखराका बिभिन्न मेडिकलहरुमा उपचार भइरहेको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...