कान्ति लोकमार्गमा मोतिदान कन्ट्रक्सनले गर्यो अहिलेसम्मकै नमुना पिच

  • हेटौडा । 
हेटौडा-काठमाडौं जोड्ने सबैभन्दा छोटो राजमार्गको रुपमा निर्माण भइरहेको कान्तिलोकमार्गमा मोतिदान कन्ट्रक्नसले जिल्लाकै नमुना पिच गर्न सुरु गरेको छ । 

देशका मुख्य राजमार्ग पृथ्वीराजमार्ग र त्रिभुवन लोकमार्ग परेपनि गुणस्तरीय पिच नहुँदा सधैं खाल्डाखुल्डीको समस्या पर्दै आइरहेको थियो । 

हेटौडा–काठमाडौं जोड्ने कान्तिलोकमार्गको पहिलो पिच हेटौडाको चुच्चेखोलाबाट सुरु गरिएको छ । काठमाडौं जोड्ने मार्गको दोस्रो अन्तर्गत गर्ने चुच्चेखोलादेखि जितपुरभन्ज्याङसम्मको कूल १५.५ किमि खण्डमा मोतिदान कन्ट्रक्सनले काम गरिरहेको छ । 

सो कन्ट्रक्नसले अन्तर्राष्ट्रिय गुणस्तरको पिच गर्ने कार्य सुरु गरेको प्रबन्ध निर्देशक विकास गौतमले बताए । गौतमका अनुसार डिभिजन सडक कार्यालयका प्रतिनिधिहरुको रोहवरमा अन्तर्राष्ट्रियस्तरको पिच गरिएको छ। 

उक्त सडकमा दोहोरो भारबाहक सवारी साधन सञ्चालन गर्न आवश्यक पर्ने बाक्लो पिच राखिएको छ । पिच गर्नको लागि आवश्यक अलकत्राको तापक्रम समेत व्यवस्थापन गरिएको गौतमले बताए । 

कम्पनीले पिचको गुणस्तर न्यून हुन नदिन कम्पनीको तर्फबाट समेत इन्जिनियर खटाएर काम गरिरहेको छ । उक्त सडक पिच गर्नको लागि २ ग्रेडर, २ लोलर ४ वाटर ट्याङ्क, २ ट्रीभेटर, १ वटा पेवर्क, १०० जना दक्ष जनशक्ति परिचालन गरिएको छ । 

डिभिजन सडक कार्यालयका इन्जिनियर रमेश कुमार पाण्डेले अनुगमन गरिरहेको आयोजना जतिसक्दो चाँडो सम्पन्न गर्न लक्ष्यसाथ अघि बढिरहेको गौतमले बताए । 

कामको गुणस्तरबारे स्थानीय समेत खुशी भएका छन् । हेटौँडा–६ उत्सव चौलागाईले बताए । सडक आयोजना निर्माणले मकवानपुरको दुर्गम क्षेत्रमा समेत औद्योगिकरणको सम्भावना अगाडि आएको भन्दै स्थानीयबासी समेत खुशी भएका छन् । 

२०६५ सालदेखि ट्रयाक विस्तारको काम भईरहेको हेटौँडा–सातदोवाटो ९० किलोमिटरको सडकमा अहिले ९ वटा कम्पनीले काम गरिरहेका छन् । 

२०७५ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाको हेटौँडादेखि मकवानपुरगढीसम्म चालु आव ०७३÷०७४ मै कालोपत्रे गरिने योजना छ । 

प्रतिकृया दिनुहोस्

Loading...