बुटवल उपमहानगरमा कांग्रेस–माओवादी एकता, एमालेको गढ भत्काइने



बुटवल ।

मोसफलको राजधानीको रुपमा रहेको बुटवल उपमहानगरपालिकामा एमालेको गढ भत्किकाउने भन्दै नेपाली कांग्रेस तथा माओवादी केन्द्रबीच चुनावी एकता भएकाे छ  ।

स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा बुटवलमा एमालेको बर्चस्व तोड्न कांग्रेस माओवादीले संयुक्त उम्मेदवार खडा गरेर एमालेलाई चुनौती दिएको छ भने एमालेले पनि गठबन्धनलाई परास्त गर्ने दावी गरेको छ ।

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले प्रमुखमा शिवाराज सुवेदी, उपमेयरमा गोमा आर्चायलाई अघि सारेको छ भने संयुक्त गठबन्धनमा नेपाली कांग्रेसले प्रमुखमा खेलराज पाण्डे र उप प्रमुखमा माओवादी केन्द्रका जगतबहादुर पोखरेललाई अघि चुनावी मैदानमा खडा गरेको छ ।

१९ वडा रहेको बुटवल उपमहानगरपालिमा ६६ हजार ९० मतदाता रहेका छन् भने निर्वाचनमा लागि २० मतदान स्थल, ७४ मतदान केन्द्र तोकिएको छ ।

२०७४ असार १० मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...