अस्थायी शिक्षकलाई खुशीको खबरः अब अनुतिर्ण भएपनि सुविधा पाउने



काठमाडौं ।

लामो समयदेखि अान्दोलनरत अस्थायी शिक्षकहरुको लागि खुशीको खबर छ । सरकारले सम्पूर्ण शिक्षकलाई स्थायी गराउने प्रक्रियासँगै अस्थायी शिक्षकहरु अान्दोलनमा थिए ।

अस्थायी शिक्षकहरुले अाफूहरुलाई नै प्रक्रिया पूरा गरेर स्थायी गराउनुपर्ने माग राख्दै अाएका थिए । त्यसमा सरकार तयार नभएपछि उनीहरु अान्दोलनमा उत्रेका थिए । सरकारले अान्दोलनलाई बेवास्ता गर्दै प्रक्रया अगाडि बढाएको थियो ।

पछिल्लो पटक विभिन्न माग राखि शिक्षकहरु अमरण अनसनमा बसेका थिए । शुक्रबार शिक्षा मन्त्रालय र अान्दोलनरत शिक्षकहरुबीच भएको वार्ता चार बुँदे सहमति भएको छ ।

मन्त्रालय र आन्दोलनरत शिक्षकबीच भएको वार्ताको क्रममा औषधि उपचार र गोल्डेन ह्याण्डसेक समेत दिने गरी शिक्षा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाउने सहमति भएपछि शिक्षकहरुले आमरण अनसन तोडेका हुन् । यसअघि परीक्षा वा सुविधा रोज्नु पर्ने ऐनमा व्यवस्था गरिएको थियो । यो सहमतिमा परीक्षामा अनुतिर्ण भएपनि सुविधा पाउने प्रावधान राखिएको छ ।

परीक्षमा सहभागी शिक्षकहरुलाई अतिरिक्त औषधि उपचार खर्च समेतको व्यवस्था गर्न शिक्षा ऐनमा संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउने,०६१ साउन २२ देखि ०७२ असोज २ सम्म्को रिक्त दरबन्दीको ४९ प्रतिशत आन्तरिक पद कम भएको गुनासो सुनुवाई गर्न ११ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ । कार्यदललाई १५ दिनको समय दिइएको छ ।

त्यस्तै शिक्षा विज्ञापनको पाठ्यक्रम, प्रश्नपत्र ग्रीड र परीक्षा लगायतका विषयलाई सुधार गर्न थप गृहकार्य गर्ने सहमति भएको शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले बताए ।

अस्थायी शिक्षक असार २ देखि भद्रकालीमा सुरु गरेको आमरण अनसन तोडेका छन् ।

२०७४ असार १० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...