बालिका मनसराको उपचार कम्युनिष्ट पार्टीले गर्ने

  • काठमाडौं । 
अार्थिक अभावका कारण उपचार हुन नसकेर अाँखाको नानी विस्फोट भएकी गम्भीर भएकी कालिकोटकी मनसराको उपचारको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

पार्टीकै पहलमा उपचारको लागि बालिकालाई काठमाडौं पुर्‍याउन लागिएको पोलिट्ब्यूरो सदस्य भरत बम ‘रणवीर’ जानकारी दिए । ‘हामीले मनसराको उपचारको जिम्मा लिएका छौं, पार्टीकै पहलमा उपचारको लागि काठमाडौं पुर्‍याइदैछ’ रणवीरले इमान्दार मिडियासँग भने । 

उनले पार्टीका जिम्मेवार नेतालाई मनसराको उपचारको जिम्मा दिएको समेत बताए । नेता रणवीरले मनसराको उपचारमा साथ दिन सबैसँग अाग्रह समेत गरेका छन् ।

कालिकोटको रास्कोट नगरपालिका–७ की चार वर्षीया मनसरा कामी(लुवार)को केही दिनअघि दायाँ आँखा विस्फोट भएको थियो ।

जिल्लामा उपचार हुन नसकेपछि नेकपाले पहलमा मनसरालाई काठमाडौंमा ल्याइएको छ । केही समयमा मनसरा काठमाडौंमा पुग्ने र तुरुन्त उपचारको थालनी गरिने नेता रणवीरले जानकारी दिए ।

२०७४ जेठ २३ गते प्रकाशित

, , ,

प्रतिकृया दिनुहोस्

Loading...