गणतन्त्रको निम्ति लड्नेहरुका टाउकाको मूल्य तोक्ने देउवाले गणतान्त्रिक देशको प्रधानमन्त्री बन्न मिल्छ ?

  • काठमाडौं ।
यतिबेला देशमा एकातिर स्थानीय निर्वाचनको चटारो छ भने अर्को तिर देशको प्रधानमन्त्रीले राजिनामा दिएर सरकार काम चलाउ बनेको छ । 

यी परिस्थितिहरूकासँगै प्रचण्ड प्रधानमन्त्री हुँदा काँग्रेस - माओवादीबीच भएको गोप्य सहमति अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दौरानमा छन् । 

कांग्रेस माओवादी दुई बिपरित धुर्वीय राजनीतिक दलहरुबीच करिब एक बर्ष पहिलेदेखि नै सत्ता समीकरण चलिरहेको छ । परिस्थितिमा फेरबदल आएन भने यो क्रम अझ एक बर्ष लम्बिने देखिन्छ । 

नेपालमा गणतन्त्रको मुद्दा उठाएर प्रचण्ड नेतृत्वमा दश बर्षे लामो जनयुद्द भएको थियो । जति बेला शेरबहादुर देउवा नेपालका प्रधानमन्त्री थिए । उनले यो देशमा राजतन्त्र नै ठिक छ भन्दै गणतन्त्रको मुद्दा उठाउनेहरुको टाउको काटेर मार्न सरकारी तहबाटै निर्णय गरेर आम जनतासँग अपिल गरेका थिए । 

जनयुद्द लम्बिदै गयो र जनयुद्धको जगमा माओवादी सेना कार्यकर्ताको अगुवाइमा अन्ततः गाउँ, शहरदेखि देशका कुना कन्दरासम्म गणतन्त्रको नारा घन्कियो . तत्कालिन ७ राजनीतिक दल र माओवादीको दिल्ली सम्झौताले गाउँमा माओवादी सेनाको हमला अझ बढाउने र शहरमा माओवादीका शिभिल सेना तथा कार्यकर्ताको सहभागितामा जन आन्दोलन चर्काउने आन्तरिक र केहि घोषणा गर्न मिल्ने सहमतिका साथ जन आन्दोलन ६२/६३ सुरु भयो । हजारौं नेपाली बलिदान गरे ।

उक्त आन्दोलनले नेपालमा राजतन्त्रलाइ घुडा टेक्न बाध्य पार्यो र नेपालमा गणतन्त्र घोषणा भयो । हो त्यसरी ल्याइउकाे गणतन्त्रले अाज १० बर्ष पुरा गरिसकेको छ । 

गणतन्त्रको १० बर्षमा गणतन्त्र बिरोधि कांग्रेस र गणतन्त्र ल्याउन लड्ने माओवादी वा चरम दक्षिणपन्थी कांग्रेस र जनयुद्धबाट आएको कांग्रेसको भाषामा 'उग्रवामपन्थी तथा आतंककारी माओवादी'बिचको यो अनौठो सत्ता समीकरण प्रचण्डको सत्ता मोह र देउवाको पुनः कुर्ची मोह बिचको मेल मात्र हो वा यसले देशको राजनीतिमा खास असर राख्छ ? यस बारेमा छोटो टिप्पणी गर्ने कोशिश गरेका छौ ।

प्रचण्डलाई प्रश्न - के देउवाले तपाईको टाउकाको मूल्य फिर्ता लिए ?

प्रचण्डका अगाडी गम्भीर प्रश्न उठेको छ । प्रचण्डले नेपालमा गणतन्त्र चाहिन्छ भनेर जनयुद्धको नेतृत्व गर्दै गर्दै तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले गुलेली नभएकाहरुले युद्धको धम्की दिएर केहि हुदैन भन्दै गणतन्त्र ल्याउने अभियानलाई निकै न्यूनीकरण गरेका थिए ।

ठिक त्यसै बेला देशको प्रधानमन्त्री भएका शेरबहादुर देउवा नेतृत्वको सरकारले यो देशमा राजतन्त्रको बिकल्प छैन भन्दै गणतान्त्रिक शासनको ओकालत गर्ने प्रचण्डलगायत सबै नेताहरुको टाउकाको मूल्य तोकेको थियो ।

प्रचण्डले माओवादी कार्यकर्ता उनका समर्थक शुभ चिन्तक र युद्धमा बलिदान दिने शहिद बेपत्ता र हजारौ हजार घाइते अपाङ्गका परिवारहरुलाई यो प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ?

के शेरबहादुर देउवाले तोकेको प्रचण्डलगायतका नेताहरुका टाउको मूल्य फिर्ता लिएका हुन् ? वा सार्बजनिक रुपमा शेरबहादुर देउवाले गणतन्त्रको निम्ति लड्नेहरुका टाउकाको मूल्य तोक्नु मेरो कमजोरी हो भनेर स्वीकार गरेका हुन् ? 

समाचारहरुमा अहिलेसम्म त्यस्तो कतै हेर्न सुन्न र पढ्न पाइएको छैन । अनि तपाईले मात्र आफ्नो सिद्दान्त विचार राजनीति छोड्दै संसदीय भाषमा चुर्लुम्म डुब्नुपर्ने तर देउवाले कहीकतै आफ्नो कमजोरीको महसुस नै नगरी तपाईले नै गणतन्त्रका बिरोधीलाई एक पछि अर्को काँध थाप्दै देशको साशन सत्ता सुम्पिनुपर्ने यो के बाध्यात आइ परेको हो ?

अहिले आएर तपाईले फेरी त्यहि देशलाई गणतान्त्रिक मुलुक बनाउने तपाईहरुको अभियानलाई फासिवादी र आतंककारी देख्ने शेरबहादुर देउवाहरुलाई गणतन्त्रकै प्रधानमन्त्रीको फुली लगाउन आफै प्रस्ताव राख्नुभयो । 

लेखक : कमल बुढा ।
इतिहासका खास-खास कालखण्डमा प्राय सबै देशका राजनीतिक नेताहरुले आफ्नो इथिक्सलाई भुलेको देखिदैन र नेपालमा पनि कांग्रेस एमालेका प्राय नेताहरुले आफ्नो सिद्दान्तमा अडिक रहेर सधै तपाईलाई मात्र गलाएको देखिन्छ । तर तपाईको भने यो निरन्तरको आत्मसमर्पण किन केका निम्ति हो ? 

प्रचण्ड लगायतका गणतन्त्रको निम्ति लड्नेहरुका टाउका काटेर झोलामा लिएर आउँ र झोला भरि पैसा लैजाउ भनेर सकारी तहबाटै निर्णय गर्ने शेरबहादुर देउवा बाहेक अरु नेता प्रधानमन्त्रीका निम्ति योग्य नदेखिएका हुन् ? 

तपाई आफ्नो राजनीतिक सिद्दान्तबाट त बिचल्लित हुनु भयो हुनुभयो, यो त परिस्थितिको उपज मानौला ल ठिकै छ । तर संसदीय राजनीतिमा पनि देशले तपाईमा राजनेताको छवि खोज्यो भने ? मात्र तपाई माओवादीका अध्यक्ष र आफ्नो स्वार्थमा सारा नेता कार्यकर्ता अनि लाखौं लाख जनताको सपनाको हत्या गर्दै आफैले काम नलाग्ने घोषणा गरेको व्यवस्थाको कठपुतली प्रधानमन्त्रीको भूमिकामा रमाउँदै जाँदा पटक-पटक प्रचण्ड छवि साँघुरिदै गएको कहिले महशुस गर्नु भएको छैन ?

यसपाली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन काँध चढाउनु भएपछि झन् भन्दा झन् तपाईको आत्मसमर्पणले सिमा नाघेको छ । के तपाईले यसरी यिनैलाई सम्माननीयको पदवी दिलाउन मात्र १७ हजार बढी नेपालीका सन्तानहरुको बलिदानको खेति गरेर शक्ति आर्जन गर्नु भएको हो ?

तपाईले तपाईको टाउकाको मूल्य तोक्नेहरु, अझ तपाइकै भाषामा भन्नुपर्दा प्रतिक्रियावादी तथा दलाल संसदीयदलको नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानले जनयुद्धको संघर्षबाट आर्जन गरेको जनताप्रति उत्तरदायी हुने जनताको निम्ति जनताले नै शासन गर्ने गणतान्त्रिक व्यवस्थाको खिल्ली उडाएन र ? 

शेरबहादुर देउवाले यो गणतन्त्रलाइ अझै स्वीकार गरेका छैनन् । किन कि गणतन्त्रका निम्ति लड्ने तपाई लगायतका नेताहरुको टाउकाको मूल्य तोक्नु आफ्नो कमजोरी भएको भनेर देउवाले अहिलेसम्म कतै सार्बजनिक रुपमा भनेका छैनन् ।

उनका नेता र कार्यकर्ता समर्थकले अहिले पनि तपाई र तपाईका नेता कार्यकर्तालाई आतंककरी हत्यारा आदी इत्यादि सब्दले चिया पशल र गाउँ शहरका गल्लिहरुमा गाली गरीरहन्छन । यो उनीहरुका कार्यकर्ताको आफ्नो कुरा हैन कांग्रेसी स्कुलिंग नै हो । 

अनि यसरी गणतन्त्रको निम्ति लड्ने नेता कार्यकर्ता र तिनको पार्टीलाई आतंककारी, हत्यारा देख्ने देउवाले गणतान्त्रिक देशको प्रधानमन्त्री हुन् मिल्छ र ?

को-को हुन् गणतन्त्रका निम्ति लड्नेहरुका टाउकाको मूल्य तोक्ने ?

तत्कालिन माओवादी नेताहरुको टाउकाको मूल्य तोक्नेहरु तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खुमबहादर खड्का र गृह राज्यमन्त्री र देवेन्द्रराज कँडेल थिए । 

उनीहरुको टाउकाको मूल्य ३५ लाख रुपैयाँदेखी ५० लाख रुपैयाँसम्म तोकिएको थियो । टाउकाको मूल्य तोक्ने उक्त मन्त्रीपरिषदमा कांग्रेस नेता गोपालमान श्रेष्ठ, विजय गच्छदार, बलबहादुर केसी, र डा. रामशण महत, जयप्रकाशप्रसाद गुप्ता, शरतसिंह भण्डारी, पीएल सिंह, आमोदप्रसाद उपाध्याय र महेश आचार्य मन्त्री थिए । 

शेरबहादुर देउवा प्रधानमन्त्री हुदा उक्त मन्त्रिपरिषद्लाई एमाले नेताहरुले उक्साएका थिए । एमाले नेता बामदेव गौतमले २०५४ सालमा पुर्व पञ्चहरुसँग मिलेर माओवादीलाई आतंककारी घोषित गरेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...