माओवादी- एमालेका मेयरका घरमा कम्युनिष्ट पार्टीले गाड्यो कालोझण्डा

  • काठमाडौं ।
स्थानीय चुनाव बहिस्कार गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीले शुक्लाफाँटा नगरपालिका मेयरका २ उम्मेदवारहरुको घरमा कालोझण्डा गाडेको छ ।

कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्रका मेयरका उम्मेदवार लोकेन्द्र ऐर र एमाले मेयरका उम्मेदवार रन बहादुर महराको घरमा बिहिबार बिहानै कालोझण्डा गाडेको नेकपा कंचनपुरले जनाएको छ ।

यसअघि उम्मेदवारी नदिन अपिल गरेकाे कम्युनिष्ट पार्टीले नगरपालीकामै रहेकाे घरमा कालाेझण्डा गाडेकाे हाे ।

२०७४ असार ८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...