खोटाङमा एमालेकी ६० वर्षीया महिला उम्मेदवारले गरिन यस्तो कमाल !

  • खोटाङ। 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–५ चिप्रिङको दलित महिला सदस्यमा बच्चीमायाँ परियार निर्विरोध चयन भएकी छिन ।

नेकपा (एमाले)बाट प्रतिस्पर्धामा उत्रिएकी ६० वर्षीया बच्चीमायाँको विपक्षमा अन्य पार्टीले उम्मेदवारी दिन नसकेपछि उनी निर्विरोध चयन भएकी हुन् ।

दलित महिला सदस्यमा एक मात्र बच्चीमायाँको उम्मेदवारी परेकाले उनी निर्विरोध भएको निर्वाचन अधिकृत सीताराम सिग्देलले बताए ।

स्थानीय तहको निर्वाचनका लागि खोटाङमा मनोनयन दर्ता गरेका चारजनाले उम्मेदवारी फिर्ता लिएका छन् । असार १४ गतेको स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका दुई उम्मेदवार र दलगतरुपमा उम्मेदवारी दिएका दुई उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।

रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका भीमप्रसाद लुइटेल र केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको वडा सदस्यमा स्वतन्त्र मनोनयन दर्ता गरेका भीमबहादुर तामाङले उम्मेदवारी फिर्ता लिएका हुन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...