चुनाव प्रचारप्रसारमा गएका ३ टोलीलाई जनताले यसरी लखेटे...


दाङ।

सरकारले पुरानै संसदीय व्यवस्थाको स्थानीय चुनाव जबरजस्त जनतामाथि लाद्न खोजेको भन्दै दाङका विभिन्न स्थानमा स्थानीय जनताले चुनाव प्रचारप्रसार टोलीलाई लखेटेका छन् ।

दाङको तुलसीपुर ५ नयाँ बसपार्क, तुलसीपुर कै ७ नं. वडा राजापुर र सिसहनियाको ठकुरीकोटमा चुनाव प्रचारप्रसार गर्न पुगेका उम्मेद्वारसहितको टीमलाई लखेटेका हुन् ।

२० वर्ष पहिले नै खारेज भएको चुनाव फेरी विभिन्न प्रलोभनमा भ्रमपूर्ण चुनाव गर्न लागिएको भन्दै तुलसीपुरको नयाँ बसपार्कबाट एमाले, नया शक्ति, कांग्रेसको प्रचारप्रसार टिमलाई लखेटे भने उता ठकुरीकोटमा कांग्रेसको प्रचारप्रसार टीमलाई लखेटेका हुन् ।

स्थानीय जनताहरुले तुलसीपुरको राजापुरबाट चुनाव चिन्ह प्रचारप्रसार सहित लगाएको टिर्सट समेत च्याटि दिनुका साथै लखेटेको प्राप्त समाचारमा उल्लेख छ ।

तस्वीर : गुगलबाट

,

प्रतिकृया दिनुहोस्

Loading...